
नवलपरासी । सरकारले नवलपरासीका उखु किसानको अनुदानबापतको बाँकी रहेको १५ करोड १२ लाख १५ हजार पाँच सय ५८ रुपैयाँ पठाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयमा उखु किसानको रकम पठाइएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । अनुदानबापतको कुल १५ करोड ७३ लाख रकम रहेकोमा सरकारले केही बाँकी राखेर पठाएको छ । ६१ लाख सात हजार चार सय २२ रुपैयाँ अझै बाँकी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल केशव पौडेलले जानकारी दिनुभयो ।
सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेअनुरूप उक्त रकम कोलेनिकाको खातामा दाखिला भएको हो । रकम आर्थिक वर्ष २०७९/०८० मा चिनी उद्योगलाई उखु उपलब्ध गराएका किसानलाई वितरण गरिनेछ । जिल्लाका चार चिनी उद्योगले अनुदान पाउने किसानको नाम कोलेनिकामा पठाइसकेका छन् ।
चिनी उद्योगले कोलेनिकामा पठाएको विवरणअनुसार गत आर्थिक वर्ष चारवटा चिनी मिलले कुल २२ लाख ४७ हजार चार सय ७९ क्विन्टल उखु क्रसिङ गरेका छन् । बागमती चिनी उद्योग कुडियाले १० लाख ८० हजार आठ सय ४५ क्विन्टल, इन्दिरा चिनी उद्योग प्रतापपुरले सात लाख २२ हजार नौ सय दुई क्विन्टल, लुम्बिनी चिनी उद्योग सुनवलले तीन लाख ५६ हजार चार सय ७४ क्विक्टल र तत्व फर्म प्रालि प्रतापपुरले ८७ हजार दुई सय ५६ क्विन्टल उखु क्रसिङ गरेका हुन् ।
गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल छ सय १० रुपैयाँ समर्थन मूल्य कायम गरेको थियो । जसमा उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ४० र ढुवानी भाडाबापत प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानबापतको रकम उपलब्ध गराउने निर्णय गरेको थियो । चिनी उद्योगले पठाएको विवरणअनुसार केही रकम अझै अपुग हुने देखिन्छ । बाँकी रकम पठाउन पत्राचार गरिने र रकम सिधै किसानको खातामा जम्मा गरिदिने कोलेनिकाले जनाएको छ । समयमै भुक्तानी नपाउँदा उखु किसान मर्कामा पर्ने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच