पूर्वराजा सहभागी झापाकाे कार्यक्रममा दुर्गा प्रसाईंको पक्षमा नाराबाजी

हिमालय टाइम्स
Read Time = 2 mins

झापा । झापामा पूर्व राजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाईंको पक्षमा नाराबाजी भएको छ।

पूर्वराजाले यहाँस्थित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रममा प्रसाईंको पक्षमा नाराबाजी भएको हो ।

‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला सोही सभामा पुगेका केही प्रसार्ई समर्थकले ‘दुर्गा प्रसाईँ जिन्दावाद’ भन्ने नारा लगाएको कार्यक्रममा सहभागीले बताएका छन् ।

नागरिक बचाऊ अभियानअन्तर्गत मंसीर ७ गतेदेखि राजधानी केन्द्रीत आन्दोलन थालेका दुर्गा प्रसाईंको समर्थनका विषयमा राप्रपा भित्र दुई धार देखिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित केही नेता मौन बसिरहेका बेला प्रवक्ता ज्ञानेन्द्र शाही, रवीन्द्र मिश्र लगायतका नेता भने प्रसाईंको समर्थनमा छन् ।

झापामा राप्रपाको नेतृत्वमा आज राजाबादीहरुले प्रदर्शन गरिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम थियो । सोही कार्यक्रममा प्रसाईं समर्थकले नाराबाजी गरेका हुन् ।

उक्त कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपा हजारौँ समर्थकको सहभागिता रहेको दाबी गरिएको छ । कार्यक्रम अघि आजै विहान मोटरसाइकल र्‍याली पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?