काठमाडौं । चलचित्र ‘पूजार सार्की’ निर्माण घोषणा गरिएको छ । जातीय विभेदविरुद्ध सन्देश दिने यो चलचित्रको छायांकन माघदेखि पोखराको कास्कीकोटमा गर्ने तयारी छ । चलचित्रका लागि निर्देशक दिनेश राउतले पटकथा लेखक विकास सुवेदीसँग पुनः सहकार्य गर्दै हुनुहन्छ ।
यसअघि यी दुईले सोसल ड्रामा ‘प्रकाश’मा काम गर्नुभएको थियो । वास्तविक घटनाक्रमबाट प्रभावित भएर बनाउन लागिएको भनिएको यो चलचित्रका कलाकार भने सार्वजनिक गरिएको छैन ।
लेखक सुवेदीले यो चलचित्रको कथावस्तु कम्युनिष्ट आन्दोलनमा भूमिगत भएका वास्तविक चरित्रबाट प्रेरित हुने बताउनुभयो । आफूले देखेको र भोगेको अनुभवलाई मिसाएर चलचित्र बनाउन लागेको उहाँको भनाइ छ ।
किंगडम नेटवर्कको ब्यानरमा ‘पूजार सार्की’लाई सुभाष भुसालले निर्माण गर्दै हुनुहुन्छ । निर्देशक राउतले यसअघि ‘आइएम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’, ‘प्रकाश’ र ‘प्रसाद’लाई निर्देशन गर्नुभएको थियो भने ‘सेल्फी किङ’मा उहाँ निर्माता हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच