काठमाडौं । नेपाली बिमा कम्पनी हिमालयन एभरेस्ट इन्स्योरेन्सले भारतमा दुईवटा अवार्ड प्राप्त गरेको छ । भारतीय चेम्बर अफ कमर्सले बिहीबार एक समारोहबीच अवार्ड प्रदान गरेको होे । कार्यक्रममा नेपालको उत्कृष्ट लघु बिमक र अति प्रभावकारी प्रविधि अनुकूलन अवार्ड आफूहरूले प्राप्त गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले जानकारी दिनुभएको छ ।
हिमालयन एभरेस्टले पछिल्लो हरेक वर्ष अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दै आएको छ । यसअघि पनि सिंगापुरमा ‘इन्स्योरेन्स एसिया’ले दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको थियो । नेपालमा बिमाको समावेशीकरणमा नेतृत्वदायी भूमिका खेलेको भन्दै ‘इन्स्योरेन्स इन्क्लुजन इनिसियटिभ अफ द इयर नेपाल’ अवार्ड र नवीन बिमा योजना कार्यान्वयनमा ल्याएको भन्दै ‘न्यु इन्स्योरेन्स प्रोडक्ट अफ द इयर नेपाल’ अवार्ड प्राप्त गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच