काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबिएल) ले भारतीय चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो आइसिसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२३ मा ‘ब्रोकर अफ दि इयर-नेपाल’ अवार्ड प्राप्त गरेको छ ।
चौथो आइसिसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२३ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्वतन्त्र परामर्शदाता पिडब्लुसी भारतको सहकार्यमा गरिएको थियो । कम्पनीका अनुसार सो अवसरमा पिडब्लुसीले अवार्ड प्रक्रिया समीक्षकका रूपमा कार्य गर्दै चयन प्रक्रियाको विश्वसनीयता र पारदर्शिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
मुम्बईमा नोभेम्बर २२ देखि सुरु भएको समारोहमा फेडेरलका प्रबन्ध निर्देशक सुवर्ण पौडेलले एसियनस्तरको उक्त पुरस्कार ग्रहण गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘यो अवार्ड एफआरबिएलको सञ्चालक समिति, व्यवस्थापन तथा अन्य सरोकारवालाको अथक प्रयास र सहयोगको परिणाम हो ।
यस अवार्डले हाम्रो ग्राहक सेवाको उत्कृष्टतालाई सुनिश्चित गरेको छ र हामीलाई अझै गुणस्तरीय सेवा प्रदान गर्न हौसला बढाएको छ । समारोहमा एसियन राष्ट्र भारत, नेपाल, श्रीलंका, थाइल्याण्ड, भुटान, म्यानमार र माल्दिभ्सबाट बिमा क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच