होटलमा महिलालाई जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

राजविराज । सप्तरी सदरमुकाम राजविराजको होटलमा महिलालाई जबर्जस्ती वेश्यावृत्ति गराएको आरोपमा दुई जनालाई पक्राउ गरेका छन् ।

राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेस्ट हाउसका सञ्चालक र म्यानेजर पक्राउ परेपछि यस्तो तथ्य खुलेको हो ।

प्रहरीले वेश्यावृत्ति गराएको आरोपमा लक्ष्मी गेस्ट हाउसका सञ्चालक राजविराज नगरपालिका–६ का ५७ वर्षीय अरुण चन्द्र मिश्र र गेस्ट हाउसका म्यानेजर महादेवा गाउँपालिका –२ का ४१ वर्षीय रामप्रकाश मण्डललाई पक्राउ गरेको छ ।

गेस्ट हाउसमा वेश्यावृत्ति हुने गरेको सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरु दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूले महिलाहरूलाई बिभिन्न प्रलोभन देखाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराउने गरेको भेटिएपछि मिश्र र मण्डललाई पक्राउ गरिएको सप्तरी प्रहरीका डीएसपी ढुण्डिराज नेउपानेले बताउनु भयो ।

दुवैलाई मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा आइतबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराई म्याद लिएर अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?