कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाइदिने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमिल्सना चालिसेको छोरालाई निःशुल्क पढाइदिने हुनु भएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा फैलिएको कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं ९ राम्चेकी सुत्केरी महिला चालिसेको छोरालाई मन्त्री बस्नेतले आफ्नै निजी खर्चमा निस्शुल्क पढाइदिने घोषणा गर्नुभएको हो। विस २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनको मात्र थिए ।

अहिले तीन वर्ष नाघेसँगै मन्त्री बस्नेतले सोमबार काठमाडौँको टोखा नगरपालिका वडा नं ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिनुभएको छ। उहाँले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने बताउनु भयो । मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निस्शुल्क हुनुपर्ने धारणा समेत राख्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?