
काठमाडौं । लघु चलचित्र ‘उडान’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । निरञ्जन पाण्डेको निर्देशन/सम्पादन रहेको भएको चलचित्रमा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, युवराज थापा, ओमार कासाराज, राजु गिलानीको मुख्य भूमिका छ । यो लघु चलचित्र क्रिसमसको समयमा युट्युबमा सार्वजनिक हुने निरञ्जनले जानकारी दिनुभयो । चलचित्रमा पाँच मिनेटको गीतसमेत समावेश छ । जसमा, प्रविशा अधिकारी र सनुप पौडेलको स्वर, सुरेश राईको शब्द तथा संगीत छ ।
म्युजिकल लघु चलचित्रमा त्रिकोणात्मक प्रेम कथालाई उतारिएको निर्देशक पाण्डेले जानकारी दिनुभयो । चलचित्रमा बलराम बुढाथोकीको छायांकन छ । चलचित्रलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा लैजाने तयारीसमेत भइरहेको निर्देशक पाण्डेले जानकारी दिनुभयो । चलचित्रलाई अमेरिकन प्रोडक्शन हाउस मुभिज इन्फिनिटी क्रियशनले निर्माण गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच