काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एक सय ८९औँ शाखा काठमाडौंको टेकुमा विस्तार गरेको छ । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकका ३७ शाखा र बागमती प्रदेशमा ५१ शाखा सञ्चालनमा रहेका छन् ।
टेकुमा मंगलबार आयोजित एक कार्यक्रमबीच बैंक सञ्चालक समिति अध्यक्ष प्रबलजंग पाण्डेले शाखा उद्घाटन गर्दै प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी बैंकले काम गर्ने बताउनुभयो । बैंकका अनुसार कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका साथै स्थानीय तहका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवालगायतको उपस्थिति रहेको थियो ।
नयाँ शाखामार्फत् लकर सेवा, एटिएम सेवालगायत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य रहेको बैंकले जनाएको छ । सिटिजन्सले एक सय ८९ शाखा, एक सय ४९ एटिएम र ९७ शाखारहित बैंकिङ इकाईमार्फत् १६ लाख ७५ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच