काठमाडौं । ज्योति विकास बैंकले सी फुडबाट माछा-मासुलगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशतसम्म छुट प्रदानका लागि सम्झौता गरेको छ । बैंकले काठमाडौं महानगरपालिका-१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससँग गरेको सम्झौताबमोजिम ग्राहकले उक्त आकर्षक छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकतर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी फुड एण्ड फुड ट्रेडर्सतर्फबाट सञ्चालक प्रीति गुरुङ खड्गीले हस्ताक्षर गर्नुभएको हो ।
ज्योति विकास बैंकका ग्राहकले सी फुडका खाद्य सामग्री खरिद गर्दा बैंकको मोबाइल बैंकिङ, चेक बुक तथा कार्डबाट बिल भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशका अन्य विभिन्न व्यवसायसँग निरन्तररूपमा सहकार्य गर्दै ग्राहकलाई विशेष छुटको व्यवस्था गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच