कोशीका मुख्यमन्त्री कार्कीले तोकिदिए तीन मन्त्रीको जिम्मेवारी

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्री केदार कार्कीले यसअघि बिना बिभागीयको जिम्मेवारीमा रहनुभएका तीन मन्त्रीलाई जिम्मेवारी दिनुभएको छ ।

जसअनुसार भौतिक पूर्वाधार मन्त्रालयमा कमलप्रसाद जबेगु, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शम्सेर राई र पर्यटन वन तथा वातावरण मन्त्रालयमा गणेश उप्रेतीलाई जिम्मेवारी तोकिएको छ ।

यसरी जिम्मेवारी तोकिएको तीन मन्त्रीहरू तीन पार्टीका हुन् । जसअनुसार कानुन मन्त्रालयको जिम्मेवारी पाउनु भएका राई नेपाली कांग्रेसमा शेखर कोइराला समूहका मानिनुहुन्छ ।

पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका उप्रेती नेकपा माओवादीका हुनु हो भने भौतिक मन्त्रालयका जिम्मेवारी पाउनु भएका जबेगु नेकपा एकीकृत समाजवादीका हुनु हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?