काठमाडौं । प्रभु क्यापिटलले ग्राहकका लागि विशेष अफर ल्याएको छ । सोहीअन्तर्गत कम्पनीले मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरसँग सम्झौता गरेको छ । आइतबार भएको सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा मेरिना इन्पेक्सका प्रबन्ध निर्देशक मोहनमान जोशीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकले मेरिना इम्पेक्सबाट सेवा लिँदा २५ प्रतिशत छुट पाउनेछन् । मेरिनाले काठमाडौंको बागबजार, न्युरोड, गाबहाल, सामाखुसीलगायत चारवटा आउटलेटमार्फत् सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच