
राष्ट्र संघद्वारा आयोजित जलवायु सम्मेलनमा भाग लिन प्रधानमन्त्री नगएर सम्बन्धित मन्त्रीलाई पठाउनुपर्ने हो । अथवा इण्डिया, बांग्लादेशलगायत राष्ट्रका सरकार प्रमुखहरूले भर्चुअल मिटिङबाट उक्त सम्मेलनलाई सम्बोधन गरेको भए हुन्थ्यो । बिनसित्तीमै राज्यको नब्बे करोडभन्दा बढी रूपैयाँ फुक्न जरुरी थिएन तर प्रधानमन्त्री दाहाल आफ्नी छोरीसहित दुबई हानिए । दुबई जाने बाहिरी कारण जे भए तापनि उनको मुख्य उद्देश्य आफूले जम्मा गरेको धनसम्पत्ति व्यवस्थापन नै हो । दुर्गा प्रसाईको नेतृत्वको आन्दोलनले गति लिइरहेका बेला यिनको मनमा भय पस्यो, यो आन्दोलन सफल भए सबैभन्दा बढी अप्ठ्यारो स्थिति उनलाई नै आउनेछ ।
अहिले देशभित्र र बाहिर सबैको आँखाको तारो उनी नै हुन पुगेका छन् । उनीप्रति देशभित्र र बाहिर कुनै सहानुभूति छैन, उनी केवल विदेशी शक्तिहरूबाट प्रयोगमात्र भइरहेका छन् । देउवा राजासँग साढुदाइको साइनो गाँसेर टाँस्सिन बेर छैन र ओलीले आफूले सुरुमै भनेको थिएँ बैलगाडा चढेर अमेरिका पुग्न सकिँदैन । ओली भोलिका दिनमा राजालाई स्वीकारेर जान बेर छैन । पूर्वाभ्यासको रूपमा सुदूरपश्चिमदेखि मेचीसम्म उनी मन्दिरहरूको दर्शनको नाटक गर्दै हिँडिरहेका छन् । तर, पनि यो त्रिमूर्तिले यो व्यवस्थालाई अन्तिम समयसम्म बचाउन न्वारनको बल झिक्नेछन् । यिनका लागि सत्ता जोगाउन आफ्नो चरित्र दोहो¥याउन कुनै आइतबार पर्खिनु पर्दैन ।
राष्ट्रिय स्वयंसेवा संघका सुप्रिमो मोहन भागवतले दुर्गा प्रसाईमार्फत नेपाललाई हिन्दु गणतन्त्र बनाउन चाहेका थिए तर अहिले उनीहरूको इच्छा धाराशायी भएको छ । जनता राजासहितको प्रजातन्त्रको नारा लगाउन थालिसके । आमजनताले अब नेपाललाई हिन्दु राष्ट्रमात्र होइन कि राजासहितको वैदिक सनातन धर्र्मसापेक्ष अधिराज्य चाहेका छन् । ओली मेचीमहाकाली अभियानमा छन् । महाकाली सन्धिपछि एमालेका कार्यकर्ताहरूलाई यस्तैगरी कालापानीमा नेपालको झण्डा फहराउन पठाए । तर, उनीहरू कालापानीबाट सात किलोमिटर वरै नेपालको झण्डा गाडेर फर्किए ।
नेताहरूमा नैतिकता नभएपछि देश कंगाल हुनु र विदेशीको गुलाम हुनुको विकल्प नै रहँदैन । नैतिकता के हो हामी महाभारतका पात्र कर्णसँग सिक्न सक्छौं । अहिले मुलुकमा दुर्गा प्रसाई नेतृत्वको आन्दोलन र त्यसविरोधी शक्तिहरूको एकताले सुरु गरेको प्रतिकार उत्कर्षमा छ ।
अहिले ओली आफैँ झुलाघाटभन्दा दुई सय मिटर वरै नेपालको झण्डा गाडेर फर्किएका छन् राष्ट्रिय स्वयंसेवक संघको डिजाइनमा ओलीले यो काम गरेका हुन् । उनी यदि देशभक्त भएको भए कालापानीसम्म पुग्नेथिए चाहे यसका लागि प्राण नै किन दिन नपरोस् । महाकाली सन्धि ओलीले नचाहेको भए देउवा र माधव नेपालले चाहेरमात्र हुन सक्ने थिएन । त्यसबेला उनले महाकाली सन्धिबाट नेपाललाई वर्षेनी एक खर्ब बीस अर्ब आम्दानी हुन्छ भनेका थिए । अहिलेसम्म नेपालले कति पैसा पायो ? नेपालले कौडी पनि पाएको छैन ।
राजनीति दुई शब्द मिलेर बनेको छ, राज र नीति । राज अर्थात् शासन र नीतिको अर्थ उचित समय र उचित स्थानमा उचित कार्य गर्ने कला । अर्थाते नीति विशेषद्वारा शासन गर्नु, अर्को अर्थमा भन्ने हो भने जनताको सामाजिक र आर्थिक स्तरलाई माथि लग्नु । नीति शब्दले शासकवर्गमा नैतिकता हुनुपर्छ भन्ने सन्देश पनि दिन्छ । २०४७ सालदेखि यता र विशेषगरी गणतन्त्र आएपछि नेपाली जनताको सामाजिक तथा आर्थिक स्तर बढेको छ त ? राज्यले नेपाली युवाहरूलाई विदेश निर्यात गरेर उनीहरूले पठाएको रेमिट्यान्सले मुलुक धानेको छ । त्यतिमात्र होइन वैदेशिक ऋण चरमचुलीमा पुगेको छ । युवाहरूलाई श्रमदास बनाएर बाहिर पठाउन नयाँ–नयाँ गन्तव्य खोज्दैछ सरकार । देशभित्र रोजगारीको सिर्जना गर्न चाहँदैन शासकवर्ग ।
विद्रोही स्वभाव हुने युवावर्गलाई देशबाट लखेटे यिनलाई शासन गर्न सजिलो हुने भएकोले वैदेशिक रोजगारीको नयाँ-नयाँ देशसँग सम्झौता गर्दै गएको छ । विदेशी शक्तिहरूले पनि आफ्ना भक्तलाई शासन गर्न सजिलो होस् भनेर नेपाललाई वैदेशिक रोजगारीको नयाँ-नयाँ गन्तव्य दिइरहेका छन् । अहिले प्रत्येक व्यक्ति ऋणभार एकासी हजार रुपैयाँभन्दा बढी छ । त्रीयानब्बे खर्बभन्दा बढी वैदेशिक ऋण राज्यमाथि छ तर विकास भएको छैन । विकासको नाममा भ्यु टावरहरू र छ महिनामै भत्किने सडक र पुल बनाइरहेका छन् । आज आँगन अगाडि नै भ्रष्टाचार छर्लंग देखिन्छ र भ्रष्टाचार खोज्न कतै जानु पर्दैन, घरकै आँगनअगाडि निस्के देख्न सकिन्छ ।
नेताहरूमा नैतिकता नभएपछि देश कंगाल हुनु र विदेशीको गुलाम हुनुको विकल्प नै रहँदैन । नैतिकता के हो हामी महाभारतका पात्र कर्णसँग सिक्न सक्छौं । अहिले मुलुकमा दुर्गा प्रसाई नेतृत्वको आन्दोलन र त्यसविरोधी शक्तिहरूको एकताले सुरु गरेको प्रतिकार उत्कर्षमा छ । दुबै पक्ष आफ्नो जितका लागि प्राणपनले लागिरहेका छन् । कुनै पनि खेमाको योद्धाहरूले युद्ध जति वीरता र चतुरर्याइँले किन नलडोस् तर विजय सत्यको नै हुन्छ भनेर महाभारतले शिक्षा दिन्छ । समय लाग्न सक्छ, पात्र फेरिन सक्छन् तर सत्यको जित ढिलोचाँडो एकदिन अवश्य हुन्छ । अहिले सत्तासीनहरू शक्तिशाली छन् तर मुख्य शक्ति भनेको धर्म तथा जनता हो ।
जित धर्मकै हुन्छ, जित जनताकै हुन्छ । कर्ण एउटा शक्तिशाली योद्धा थिए, दानी थिए, ज्ञानी थिए तर कौरबहरूको नुन र उपकारको भारीले थिचिएकाले उनी कौरब पक्षबाट उनीहरूको सेनापति भएर लड्न युद्ध मैदानमा आएका थिए । कौरब चाहन्थे कर्णको हातबाट अर्जुनको मृत्यु होस् । तर, हाम्रो नेतृत्वमा कर्ण जति पनि नैतिकता छैन । शत्रु खेमाका लागि काम गरिरहे तापनि कर्ण जस्तै नैतिकता देखाउन उनीहरूले सकेका छैनन् । एक पटक कर्ण र अर्जुन युद्धमा आमनेसामने भए । कर्णसँग एउटा सजिलो अवसर थियो अर्जुनलाई मार्न । यो एउटा दुर्लभ मौका थियो । श्रीकृष्णले कर्ण र अर्जुन आमनेसामने होऊन् भनेर चाहेका थिएनन् ।
कर्ण नैतिकवान तथा दानी थिए तर उनलाई कृष्णले छल गरेर अर्जुनलाई मार्न लगाएका थिए । मर्ने बेलामा उनले कृष्णलाई भनेका मेरो अन्तिम संस्कार यस्तो भूमिमा गरियोस् जहाँ पापको कुनै चिहृन नहोस् । कर्णको अन्तिम संस्कार श्रीकृष्णले प्रयागमा गरे जसलाई कर्णप्रयाग भनिन्छ ।
उनलाई कर्णको शक्तिमाथि पूरा विश्वास थियो । कर्णले आफ्नो धनुबाट बाँण झिके र अर्जुनतर्फ लक्षित गर्दै चलाए । उनले बाँण छोड्नासाथ कृष्णले रथलाई अलि तल पारिदिए । बाँण अर्जुनको मुकुटलाई छुँदै निस्क्यो । अर्जुनको मुकुट खस्यो तर त्यो बाँण अर्जुनको मुुकुटबाट निस्केर उल्टो दिशातर्फ लागेर कर्णकोे तूणिरमा गएर बस्यो । बाँणले भन्यो, कर्ण, एकचोटि तपाईं मलाई धनुमा लगाएर अर्जुनमाथि निशाना दाग्नुस्, यसपालि निसाना खाली जाने छैन, अर्जुनको ज्यान लिएरै छोड्छ । कर्णले आश्चर्य मान्दै बाँणतिर हेरे । यो कस्तो बाँण हो जो फर्केर आयो र फेरि धनुमा लगाउन आग्रह गरिरहेको छ । कर्णले बाँणलाई सोधे, हजुर को हुनुहुन्छ प्रभु, जो बाँणबाट छुटेर पनि फेरि मेरो तूणिरमा आएर बस्नुभयो ?
बाँण आफ्नो सक्कली रूपमा आउँछ । उसले भन्यो, वास्तवमा म बाँण होइन, बरू म महासर्प अश्वसेन हूँ । धेरै वर्षअगाडि अर्जुनले खाण्डव वनमा आफ्नो प्रवासको दौरान आगो लगाएका थिए । त्यहाँ म आफ्नो पूरै परिवारसँग बस्दथेँ । मेरो पूरै परिवार त्यस आगोमा जलेर भस्म भयो र म मात्रै बाँच्न सफल भएँ । त्यस बेलादेखि मैले अर्जुनलाई मार्ने प्रतिज्ञा गरेको छु । तूणीरमा बाँण बनेर पसेको अश्वसेनले भने, कर्ण, हजुरको अलावा अरू कसैको बाँण अर्जुन छेउँ पुग्न सक्दैन । त्यसैले म लुकेर हजुरको तूणिरमा बाँण बनेर पसेँ । तपाईं यसपटक जब मलाई धनुमा कस्नु हुनेछ म अर्जुनलाई गएर बेरेर डसेर मार्नेछु । म मरे पनि मेरो प्रतिशोध पूरा हुनेछ ।
कर्णले अश्वसेन सर्पको पूरै कुरा सुने । उनले भने, महासर्प देउता, म अर्जुनलाई मार्न त चाहन्छु तर म अनैतिक हुन सक्दिन । उसलाई म छल गरेर मार्न सक्दिन । यस कार्यको लागि म छलको सहारा लिन सक्दिन । यो युद्ध हो, यहाँ जति पनि प्रपञ्च भए पनि कर्णले यसलाई आफ्नो पुरुषार्थले नै जित्नेछ । यो सत्य हो कि यस युद्धमा म दुर्योधनको तर्फबाट उभिएको छु तैपनि म नैतिकताको त्याग गर्न सक्दिन ।
मलाई थाहा छ हजुरले लामो प्रतीक्षा गर्नुभएको छ तर मबाट यो सम्भव छैन । अश्वसेनले कर्णको पूरै कुरा सुनेपछि दुई हात जोड्दै भने, कर्ण, युद्धको बाजी जसको पक्षमा भए तापनि संसारले हजुरको यस नैतिकतालाई सदैव सम्झिरहनेछ । अब तपाईं जय पराजयभन्दा माथि हुनुहुन्छ । कसैले यसलाई भक्ति भन्न सक्छन् तर नैतिकतासँग उभिनु भक्ति होइन शक्तिको प्रतीक हो । यहाँ शासन चलाउने विदेशी दुर्योधनहरूका सेनापतिहरूमा कर्णको जति पनि नैतिकता छैन । वृद्ध, महिला, साधुसन्तदेखि लिएर नेपालको झण्डा बोक्ने, राजाको फोटो मोबाइलमा राख्ने, दौरासुरुवाल र ढाकाटोपी लगाउनेहरूलाई आफ्नो राजको शत्रु देखेर यातना दिइरहेका छन् । नैतिकता बेचेर यहाँ शासन गर्ने यी दुर्योधनका बाहनहरूले दमनबाट सत्ता जोगिन्छ भनेर ठानेको भए यो यिनीहरूको महाभुल हुनेछ ।
कर्ण नैतिकवान तथा दानी थिए तर उनलाई कृष्णले छल गरेर अर्जुनलाई मार्न लगाएका थिए । मर्ने बेलामा उनले कृष्णलाई भनेका थिए, मेरो अन्तिम संस्कार यस्तो भूमिमा गरियोस् जुन भूमि कुमारी होस्, जहाँ पापको कुनै चिहृन नहोस् । भगवान श्री कृष्णको प्यारो योद्धा कर्णको अन्तिम संस्कार श्रीकृष्णले प्रयागमा गरे जसलाई कर्णप्रयाग भनिन्छ । नैतिकवान भएर पनि दुर्योधनको पक्षमा अर्थात् पापको पक्षमा कर्ण भएकोले उनको मृत्यु हुन्छ तर उनको दानवीरता तथा नैतिकताका कारण भगवान श्रीकृष्णले आफ्नै हातले उनको अन्तिम संस्कार गरेका थिए । तर, हाम्रा शासक वर्गले यो पवित्र भूमि पनि आफ्नो अन्तिम संस्कारको लागि नपाउने सम्भावना प्रबल छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच