✍️ डा. सबिना देवकोटा
माटो र पानी पृथ्वीमा जीवनलाई कायम राख्ने सबैभन्दा आधारभूत स्रोत हुन् । यिनीहरूको महत्व कृषि जैविक विविधता, इकोसिस्टममा मात्र नभई विश्वको समग्र स्वास्थ्यसँग पनि जोडिएको छ । माटो र पानी बिरुवाहरू बढ्न र आवश्यक पोषकतत्व प्रदान गर्ने माध्यम पनि हो । स्वस्थ माटोले पानीको शुद्धीकरण गर्न एवं भण्डारण गर्न मुख्य भूमिका खेल्दछ । दिगो रूपमा गरिएको माटो व्यवस्थापनले कृषि प्रणालीमा पानीको उपलब्धतालाई बढाउँछ भने गुणस्तरीय पानीको प्रयोग, मल र किटनाशक विषादीको उचित उपयोग एवं उपयुक्त सिँचाइ विधिको प्रयोगले बालीको उत्पादकत्व बढाउनमा पनि प्रमुख भूमिका खेल्दछ ।
मानवद्वारा गरिने गतिविधि जस्तै अत्यधिक चरण, वन फँडानी आदिले भूक्षयीकरणलाई निम्त्याउन सक्छ भने जलस्रोतमा पनि ह्रास आउँन सक्छ । त्यसैगरी रासायनिक मल तथा विषादीको असन्तुलित एवं अनियन्त्रित प्रयोगले पनि माटोको उत्पादकत्वमा कमी आएको छ । माटो एवं पानीको संरक्षणले नदीनालालाई दूषित हुनबाट जोगाउँछ । जमिनमुनि रहेको पानीको रिचार्ज गर्न, माटोलाई स्वस्थ बनाउन, बालीको उत्पादन बढाउन र जैविक विविधताको संरक्षणमा भूमिका खेल्छ । दिनानुदिन बढ्दो जनसंख्याको आवश्यकता सुनिश्चित गर्न पनि माटो र पानी संरक्षण प्रविधि कार्यान्वयन गर्न जरुरी छ ।
रासायनिक मल तथा विषादीको असन्तुलित एवं अनियन्त्रित प्रयोगले पनि माटोको उत्पादकत्वमा कमी आएको छ । माटो एवं पानीको संरक्षणले नदीनालाहरूलाई दूषित हुनबाट जोगाउँछ । जमिनमुनि रहेको पानीको रिचार्ज गर्न, माटोलाई स्वस्थ बनाउन, बालीको उत्पादन बढाउन र जैविक विविधताको संरक्षणमा भूमिका खेल्छ ।
माटो र पानी संरक्षणका उपाय :
हावा तथा पानीबाट हुने भूक्षयीकरणको कारणले प्रत्येक वर्ष जमिनको माथिल्लो तहमा रहेको मलिलो माटोलाई बगाएर लैजाने गरेको छ्र । माटो र पानी संरक्षणले वातावरणीय दिगोपन र मानव कल्याणमा निर्णायक भूमिका खेल्छ । माटो र पानी संरक्षणका विभिन्न उपाय एवं प्रविधि विकसित छन्, जसबाट माटो र पानीलाई उचित संरक्षण गर्न सकिन्छ । तल केही प्रभावकारी प्रविधि एवं उपायलाई उल्लेख गरिएको छ ।
१. दुई प्रभावकारी माटो संरक्षणको प्रविधिहरू हुन्, जुन् सामान्यतया पहाडी र भिरालो क्षेत्रमा माटोको क्षयीकरण कम गर्न र पानीको बहावलाई न्यूनीकरण गर्नमा प्रयोग गरिन्छ । ठाडो भिरालो जमिनहरूलाई सानो सानो भर्याङ्ग आकारको छेकबार बनाएर पानीको बहावलाई नियन्त्रण गर्ने गरिन्छ । यस प्रविधिमा पानी भिरालो जमिन बग्ने बहाव रोकिन्छ र माटोले नै सोस्ने गर्दछ जसले गर्दा माटोको चिस्यान कायमै रहन्छ । भिरालो जमिनमा विभिन्न रेखाहरू बनाएर सोही रेखामा खेती गर्ने गरिन्छ । रेखाहरूमा बाली रोप्दा बोटबिरुवाको जराको सहायताले पानी सोस्नुको साथै द्रुत गतिमा रहेको पानीको बहावलाई रोक्नसमेत मद्धत गर्छ ।
२. एक कृषि अभ्यास जसमा विशेष किसिमको बालीहरूलाई छानेर बालीको फसल लिनुको सट्टा माटोलाई ढाक्न र सुरक्षा गर्नमा प्रयोग गरिन्छ । प्रयोग हुने बालीहरू विशेषतः कोसेबालीहरू, घाँस आदि छन् जसले क्षयीकरणबाट जोगाउनुको साथसाथै उत्पादकत्व पनि बढाउन मद्धत गर्दछ ।
३. परम्परागत जोताई शैलीभन्दा थोरै फरक छ जसमा माटोलाई कम खनजोत गरी बोटबिरुवालाई लगाउने गरिन्छ । जसले गर्दा माटोको क्षयीकरण कम हुनसक्छ र चिस्यान कायम राखी माटोको स्वस्थता बढ्छ । यस प्रविधिमा अहिलेको बाली लगाउनुभन्दा पहिले लगाइएको बालीको अवशेषबाट माटोलाई जोगाउने काम गर्दछ ।
४. कृषि क्षेत्रमा हावाको कारण हुने माटो तथा पानीको क्षयीकरण नियन्त्रण गर्न प्रयोग गरिने प्रभावकारी एक प्रविधि जो हावाको गतिलाई कम गर्न र हावाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न खेती लगाइएको क्षेत्रमा र हावाको वेग आउने ठाउँलाई लक्षित गरी पंक्तिबद्ध रूपमा रूखहरू रोपिन्छन् । पर्खालहरू, प्लाष्टिकबाट बनेका हावा छेक्ने सामान पनि प्रयोगमा आएका छन् तर वातावरणमैत्री हुँदैनन् । उच्च गतिका हावाको बेगलाई अवरोधको रूपमा काम गर्दछ । हावाको गति घटाउँछ र हावाबाट हुने प्रत्यक्ष नोक्सानीलाई कम गर्नमा मद्धत गर्छ भने यस प्रविधिमा प्रयोग हुने रूखहरूले बालीलाई तातो घाम र सुख्खा हावाबाट पनि आश्रय दिन्छ ।
बढ्दो जनसंख्यालाई खाद्यतत्वको आपूर्ति सुनिश्चित गर्न, उर्बर माटो, सफा पानी र पर्याप्त कृषि उत्पादन कायम राख्न माटो र पानी संरक्षण आवश्यक छ । माटो तथा पानी संरक्षणको प्रविधि लागू गर्दा माटो तथा पानी जोगाउनमा मद्दत गर्दछ ।
माटो र पानी संरक्षणका चुनौती
माटो तथा पानी संरक्षणका विविध प्रविधि हुँदाहुँदै पनि तिनीहरूको कार्यान्वयन गर्नमा धेरै चुनौती छन् :
क) माटोको क्षयीकरण : हावा तथा पानीबाट हुने भूक्षयीकरणको कारणले प्रत्येक वर्ष जमिनको माथिल्लो तहमा रहेको मलिलो माटोलाई बगाएर लैजाने गरेको छ । संयुक्त राष्ट्र संघले गरेको अनुमान अनुसार प्रतिवर्ष २५५ कृषियोग्य भूमि भूक्षयीकरणको माध्यमबाट क्षय भइरहेको छन् । अत्याधिक खनजोत, अत्याधिक चरण र असन्तुलित माटो व्यवस्थापनले माटोमा भएको प्रांगारिक पदार्थ घट्न गई, भूक्षयीकरण, मरुभूमीकरण जस्ता समस्या बढ्न गई माटाको उत्पादकत्व घट्नुको साथै पानी धारण गर्ने क्षमतालाई घटाउने गरेको छ ।
ख) पानीको मात्रामा कमी तथा प्रदूषणः
विभिन्न खानी औद्योगिक क्षेत्रबाट निस्कने प्रदूषित पानी, फोहर आदिले पानीको गुणस्तरलाई घटाएको हुन्छ । जमिनमुनि रहेको पानीको मात्रालाई बोरिङहरू बढी प्रयोगमा ल्याइनु र सिँचाइका लागि पानीको डाइभर्सनले जलचर र नदीहरूलाई घटाउँछ । जलवायु परिवर्तनले खडेरीको मात्रा तीव्र भएको कारण पानीको अभाव झन् समस्याग्रस्त बनेकोे छ ।
ग) जलवायु परिवर्तनका प्रभाव :
जलवायु परिवर्तनले प्रत्येक वर्ष वर्षाको ढाचामा परिवर्तन ल्याइरहेको छ । सो परिवर्तनले बाढी तथा खडेरीको घटना बारम्बार दोहोरिएको छ । माटो तथा पानी संरक्षणका लागि ध्यान दिइएन भने परिवर्तीत मौसम घटनाले भूक्षयीकरण जस्ता समस्यार्ल अझ विकराल रूप लिन सक्छ । बढ्दो तापमानले वाष्पीकरणमार्फत पानीको मात्रामा पनि कमी ल्याएको छ ।
घ) जनचेतनाको अभाव :
किसानहरू, नीति निर्माताहरू र आमजनताहरूमा माटो तथा पानी संरक्षणकोे महत्वको बारेमा सीमित बुझाइले पनि माटो तथा पानी संरक्षणकोे प्रयासमा बाधा पर्न गएको छ ।
ङ) अपर्याप्त स्रोतहरू :
सीमित बजेट, उपयुक्त प्रविधिको पहुँचमा कमि, अपर्याप्त पूर्वाधारहरू आदिले माटो तथा पानी संरक्षणकोे कार्यान्वयन चुनौतीपूर्ण छ ।
च) नीति तथा सुशासन :
असंगत नीति, नियमहरूको अपर्याप्त कार्यान्वयन र उचित शासन संरचनाको अभावले माटो तथा पानी संरक्षणकोे अभ्यासलाई बाधा पुर्याएको छ ।
अन्त्यमा, बढ्दो जनसंख्यालाई खाद्यतत्वको आपूर्ति सुनिश्चित गर्न, उर्बर माटो, सफा पानी र पर्याप्त कृषि उत्पादन कायम राख्न माटो र पानी संरक्षण आवश्यक छ । माटो तथा पानी संरक्षणका प्रविधि लागू गर्दा माटो तथा पानी जोगाउनमा मद्धत गर्दछ । यद्यपि क्षय, प्रदूषण एवं जलवायु परिवर्तन र अस्पष्ट नीतिहरू जस्ता अवरोधले चुनौती खडा गरेका छन् । एकीकृत जलाधार व्यवस्थापन र सबै तहसँग सहकार्य गरेर किसान र वातावरण दुवैलाई फाइदा हुने संरक्षण प्रविधि अपनाउन सकिन्छ । विश्वव्यापी खाद्य सुरक्षा र दिगो विकासका लागि माटो र जलस्रोत संरक्षण महत्वपूर्ण छ । माटो तथा पानीको उचित संरक्षणले वर्तमान पुस्तालाई मात्र नभई भावी पुस्तालाई समेत खाद्य सुरक्षा प्रदान गर्न सक्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच