ओलीको प्रश्न : स्वयंसेवकले ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा सरकार के हेरेर बसेको छ ?

हिमालय टाइम्स
Read Time = 2 mins

रिम्ना । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकहरुले भूकम्प प्रभावित क्षेत्रमा ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा समेत सरकारले चासो नदेखाएको बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलवार रुकुम पश्चिम र जाजरकोटको सीमाना रिम्ना पुग्नुभएका ओलीले यस्तो बताउनुभएको हो । उहाँले ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले आफूहरुले यो संख्यालाई २ हजार पु-याउने ढंगले अघि बढीरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यति भोलिन्टियर आएर ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ । यो संख्यालाई हामीले २ हजार पु¥याउने भनेका छौँ । २ हजार आवास हाम्रा भोलिन्टियरहरुले बनाउँछ, अनि सरकार के हेर्छ , सकिँदो रहेछ नि, सरकारले बनाउनु पर्दैन । सरकारसँग पैसा छ, हामीसँग पैसा छैन । बिना पैसा हामीले ८ सय १३ घर निर्माण गरेका छौँ ।’

देशमा समस्या परेको ठाउँमा नेकपा एमाले स्वयंसेवकको रुपमा पुग्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?