
बाग्लुङ जिल्लाको तमानखोला गापा-१ उपल्लो बोंगादोभानका रामबहादुर साराशंकर ‘दोर्ण’ आफ्नो स्थानीयतहको विकासका लागि जुटिरहनुभएको छ । धेरै देशका युवा भविष्यको खोजीमा विदेशलाई आफ्नो लक्ष्य बनाइरहँदा उहाँ भने आफ्नै देशमा केही गरौं भनेर लागिरहनुभएको छ । समाजसेवामा जुटिरहनुभएका उहाँले गरिब र विकट गाउँका स्थानीयस्तरमै राम्रो अस्पताल निर्माण होस् भने अस्पताललाई जग्गा उपलब्ध पनि गराउनुभएको छ । समाजका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले समाजप्रति बफदार रही सामाजिक काममा सक्रिय रहँदै आउनुभएका रामबहादुर साराशंकर ‘दोर्ण’सँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशंः-
हाल के गर्दै हुनुहुन्छ ?
हाल म आफ्नो गाउँमा हुने विभिन्न प्रकारका विकास निर्माणका काम उपभोक्ता समितिमा रहेर काम गर्दै आएको छु । सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आएको छु ।
समाजसेवामा नै किन लाग्नुभयो ?
आफ्नो समाजमा केही गर्ने ममा जहिले हुटहुटी रहने गथ्र्यो । मैले समाजमा भएको गरेको सबै प्रकारका कामहरूमा सक्रियता देखाउन सुरु गरे । समाजलाई विकसित र परिवर्तन गर्नपर्छ भन्ने मेरो मनमा लाग्यो र मैले समाजलाई आफूले सकेको केही दिनुपर्छ भन्ने उद्देश्य मनमा पैदा भयो र म समाज सेवातर्फ आकर्षित भए ।
समाजसेवालाई हेर्ने दृष्टिकोण कस्तो भएको पाउनुहुन्छ ?
मानव सेवाको महत्वपूर्ण अंश समाज सेवा हो । मानिसले समाजसेवालाई विभिन्न दृष्टिकोणबाट हेर्ने गर्छन् । समाजसेवालाई सकारात्मक/नकारात्मक दुवै रूपमा हेर्ने गरिन्छ । समाजसेवा भिन्न प्रकारका हुन्छन् । कोहीले अरूले सहयोगमा समाज सेवा गर्छन् भने कोही व्यक्ति आफ्नै खर्चमा समाजसेवा गरिरहेका हुन्छन् । अरूको सहयोग लिएर समाजसेवा गर्नुलाई समाजसेवा भनिँदैन । समाजसेवा आफ्नो व्यक्तिगत कामभन्दा फरक हुन्छ । यसमा आफ्नो घरपरिवारभन्दा बाहिर अन्य घरपरिवारका पारिवारिक सदस्यदेखि ठूलो समुदाय हुँदै सिंगो राष्ट्रलाई सहयोग गर्न सकिन्छ । सामाजिक कार्य यस्तो कार्य हो, जहाँ सामाजिक विज्ञानको मागमा रहेका विभिन्न मानव जीवन, व्यवहार, सामाजिक समूह र सामाजिक कार्यका बारेमा अध्ययन गरिन्छ । तर, यी सबै कुरा सिद्धान्तमा मात्र छन् । सिद्धान्त र व्यवहार फरक कुरा हुन् भनेर त्यसलाई अनुसरण गरेको पाइँदैन । सिद्धान्तनुसार चल्ने हो भने नामअनुसार सबै काम हुन्छन् । समाजसेवी शब्द जस्तो छ नि त्यसको पनि मान राख्नुपर्छ ।
समाजसेवा प्रचारमुखी हुँदै गएको जस्तो देखिन्छ नि ?
समाजसेवा गर्ने चाहना धेरैको हुन्छ । तर, जो कोही भने सफल हुन सक्दैनन् । जसले निःस्वार्थ भावले समाजको सेवा गर्छ त्यही व्यक्तिले सफलता पाएको हुन्छ । समाजसेवा गर्ने व्यक्तिमा व्यक्तिगत स्वार्थभन्दा पनि सकारात्मक सामाजिक स्वार्थ हुनु आवश्यक छ । शुद्ध सामाजिक कार्य र सेवाले हामी सबैमा आत्मसन्तुष्टि र आत्मसम्मान मिल्छ । सामाजिक सेवा कुनै जिम्मेवार पद लिएर वा सघंसंस्थासँग आबद्धमात्र नभई एक आमस्वतन्त्र नागरिक भएर निःस्वार्थ रूपमा गर्न सकिन्छ । निःस्वार्थ भावले सेवा गरेर परिचय खुलाउन नचाहनेहरू पनि यही समाजमा छन् भने दुई कोसा केरा दिएर तस्वीर खिचाउँदै सामाजिक सञ्जालमा भाइरल हुने पनि यही समाजमा छन् ।
तपाईं त राजनीति गर्नुहुन्छ । होइन ?
मलाई के लाग्छ भने राजनीति भनेको पनि समाजसेवाको एउटा अंग हो । राजनीति गर्नेभन्दा पनि कुनै दलमा आबद्ध भएर समाजसेवामा आफूलाई निरन्तर लगाइरहेको छु । एउटा सचेत नागरिकले राजनीतिमा चासो राख्ने भने कुरा स्वभाविक हो भन्ने मलाई लाग्छ । मैले राजनीतिमार्फत समाज सेवा गर्ने उद्देश्य लिएको छु ।
अहिलेको देशको अवस्थालाई कसरी लिनुहुन्छ ?
मलाई के लाग्छ भने सबै कुरा सहज हुनु विभिन्न परिस्थिले निर्भर गर्दछ । वर्तमानमा देशमा आर्थिक संकटमा रुमलिएको देखिन्छ । देशमा रोजगारीको अवसर छैन । वर्षिक रूपमा हाम्रो श्रम बजारमा आउने जनशक्तिलाई हामीले आफ्नै देशमा राख्न सकेका छैनौं । देशको वर्तमान अवस्थाले युवा जनशक्ति विदेशिन बाध्य छ । त्यही बाहिर गएको जनशक्तिले पठाएको रेमिट्यान्सले देश चलिरहेको छ । देशमा भएका राजनीतिक पार्टीहरूबीच देश विकासका लागि भिजन र मिसन नहुँदा हामी रुमलिरहेका छौं । देश विकासका लागि व्यक्तिगत र पार्टीगत स्वार्थ त्यागेर सबै एकठाउँमा आउनुपर्ने वर्तमान देशको आवश्यकता हो । देश विकास मुख्य एजेण्डा सबै दलको हुन जरुरी छ ।
युवा शक्ति विदेश पलायन हुनुमा देशको राजनीति अवस्थाले नै हो नि त होइन ?
मैले माथि पनि भने देशको वर्तमान अवस्थाले नै देशको युवा शक्ति विदेशिन बाध्य छ । युवा केन्द्रित कार्यक्रम नहुनु र देशमा भविष्य नदेख्दा देशको युवा शक्ति देशबाहिर पसिना बगाउन बाध्य छ । यसलाई रोकेर देश विकासमा लगाउन जरुरी छ ।
यहाँले हस्पिटलाई जग्गा पनि दान दिनुभएको छ । होइन ?
हो, गरिब र विकट गाउँका स्थानीयस्तरमै राम्रो अस्पताल निर्माण होस् भने अस्पताललाई जग्गा उपलब्ध गराएको हुँ ।
यहाँको भविष्यको योजना ?
समाज सेवामार्फत समाजलाई परिर्वतन गरेर एउटा असल नागरिक बन्ने । तमनखोला गाउँपालिकालाई विकास गरी समृद्ध बनाउने र उक्त पालिकामा बसोवास गर्ने आममानिसको जीवनमा खुशीयाली ल्याउने उद्देश्य छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच