अहिले हिउँद महिना छ, चिसो महिनाको सुरुवाती आवस्था । देशको भौगोलिक उचाइ र होचाइका आधारमा चिसोको मात्रा कमबेसी हुनु स्वाभाविक हो । यस आधारमा गर्मी महिनामा समेत चिसो हुने हिमाली क्षेत्रमा अहिलेकै तापक्रम पनि धेरै चिसो भइसकेको छ भने गर्मी ठाउँहरूमा मध्यहिउँदमा पनि त्यति जाडो हुँदैन । यसकारण पहिलेका धनीमानी मानिसहरूले राजधानी काठमाडौं र तराईमा गरी दुई ठाउँमा घरवासको व्यवस्था गरेका हुन्थे । जाडो महिनामा उनीहरू तराईमा गएर बस्थे भने गर्मीमा राजधानीमा बस्ने गर्थे । आपूmलाई अनुकूल पर्ने मौसममा अनुकूल ठाउँमा बसोवास गर्थे तर हालका केही दशकदेखि यता जलवायुको फेरबदलले गर्दा जाडो महिनामा तराईमा पनि अत्यधिक जाडो हुने गरेको छ ।
त्यहाँ गरिबीमा बाँचेकाहरूलाई जाडो निकै कष्टकर हुने गरेको छ । सरकारले शहरी क्षेत्रका चोकचोकमा आगो बालिदिने व्यवस्था मिलाएको हुन्छ भने गैरसरकारी संघसंस्था तथा उदारमना व्यक्तिले तिनका लागि न्यानो कपडा वितरण गर्ने गरेका छन् । केही वर्ष पहिलेसम्म हिउँद महिनामा काठमाडौं उपत्यकामा बिहान अबेरसम्म हुस्सु लाग्ने गथ्र्यो, आजकाल हुस्सु लाग्न छोडेको छ । यसलाई जलवायु परिवर्तनको प्रभाव मान्ने गरिएको छ । विज्ञहरूले पृथ्वी तात्दै गएको भनेका छन् तर केही विज्ञहरूको धारणा पृथ्वी तातेको मात्र छैन चिसिएको पनि भन्नेछ । ग्लोबल वार्मिङमात्र भनेर हुँदैन ग्लोबल कुलिङ पनि भइरहेको छ भन्ने उनीहरू तर्क गर्छन् ।
गर्मी महिनामा गत विगतभन्दा हालका दिनमा तापक्रम बढेको पाइए जसरी नै जाडो महिनामा पनि विगतभन्दा बढी चिसो हुने गरेको तिनको धारणा छ । जे होस् अब हिउँद महिना सुरु भइसकेको छ । हिमाली क्षेत्रमा हिमपात हुन सुरु भइसकेको छ । काठमाडौं उपत्यकामा मंसिरदेखि फागुनसम्मको समयलाई चिसो महिना मान्ने गरिन्छ । चैत, वैशाख र असोज कात्तिक चार महिना जाडो-गर्मी बराबर हुने समशीतोष्ण महिना हुन् भने जेठदेखि भदौसम्म गर्मी महिना हुन् । न धेरै जाडो न गर्मी हुने र अन्य सबै प्रकारले सहज बसोवासको वातावरण भएकाले देशैभरिका मानिसको रुचि यही उपत्यका बन्न पुगेको छ ।
उपत्यकामा प्रायः घाम लागिरहने भएकाले मौसम सामान्यतया मानव स्वास्थ्यानुकूल हुने पाइन्छ । तैपनि, समयसन्दर्भ अनुसार जाडो महिनामा जाडो-गर्मी महिनामा गर्मी हुने त प्रकृतिको नियम हो । मंसिर महिनाको आधा बढी समय बितिसकेको छ र जाडो दिनप्रतिदिन बढिरहेको छ । हिमाली क्षेत्रमा हिउँ पर्न थालिसकेको हुँदा त्यसको प्रभाव बिस्तारै सबैतिर पर्दै जान्छ । त्यहाँको चिसो हावा टाढाटाढासम्म फैलिने भएकाले यहाँसम्म आइपुग्छ र चिसोको प्रभाव बढ्छ । गर्मी महिनामा गर्मीकै रोगहरूको सन्त्रास हुने गर्छ भने जाडो महिनामा चिसोबाट हुने रोगव्याध फैलिन्छन् । कोल्ड डाइरिया, निमोनिया, छातीका रोगहरू, श्वासप्रश्वासमा समस्या जस्ता अनेकौं रोग चिसोमा फैलिने गर्छन् ।
दमका रोगीहरूलाई चिसोमा बढी सास्ती हुने गर्छ । बालबालिका र बुढापाकाका लागि जाडो महिना अभिषाप नै हुनेगरेको छ । जोडो याममा सबैले आ-आफ्नो स्वास्थ्यको ख्याल त गर्नैपर्छ साथै बालबच्चा, वृद्धवृद्धा र सुत्केरीको स्वास्थ्यमा अरूले ध्यान पुर्याउनु अति जरुरी छ । जाडोबाट जोगिन न्यानो कपडा लगाउने, शरीरलाई न्यानो बनाउने खाने कुरा र तातो पेयको सेवन गर्ने गर्नुपर्छ । बस्ने ठाउँलाई न्यानो बनाएर राख्नुपर्छ तर यसरी कोठा तातो बनाउन हिटर वा कोइला बालेर हावा चल्न नपाउने गरी झ्याल-ढोका बन्द गरेर सुत्नु हुँदैन । यसरी सुतेर मानिसको ज्यान गएका दृष्टान्त धेरै छन् । यसो गर्नाले एकातिर आगलागीको जोखिम हुनेगर्छ भने अर्कातिर कोठामा अक्सिजनको कमी भएर निसास्सिएर मानिसको ज्यान जाने गर्छ ।
जाडो होस् वा गर्मी स्वास्थ्यको ख्यान त जहिल्यै राख्नुपर्छ नै । साथै असावधानीबाट हुने दुर्घटना हुन दिनु हुँदैन । सावधानी अपनाउने हो भने त्यस्ता अप्रीयता निम्तिँदैनन् । यसतर्फ ध्यान पुर्याउनै पर्छ । अन्य धेरै विषयमा सरकारको मुख ताक्ने र अप्रीय घटना भइहाले सरकारलाई दोष दिने वा सरकारसँग सहयोगको याचना गर्ने गरिन्छ तर यो फरक विषय हो । दुर्घटना भइसकेपछि सरकारसँग राहत र सरसहयोगको अपेक्षा गर्नु स्वाभाविक भए पनि त्यस्ता घटना हुन नदिन नागरिकहरूकै प्रमुख हात हुने गर्छ । सजग हुने र सावधानी अपनाउने गरे यस्ता घटनालाई टार्न सकिन्छ र चिसोजन्य रोगबाट जोगिनसमेत सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच