सुनको भाउ ओरालोतिर, दुई दिनमै ३२०० रुपैयाँले घट्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सुनको भाउ ओरालो लाग्न थालेको छ । मंगलबार २४ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ८०० रुपैयाँले घटेको छ ।

बुधबार तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार र बुधबार गरेर सुनको भाउ ३२ सय रुपैयाँले घटेको हो ।

यस्तै, बुधबार चाँदीको भाउ तोलामा नै २० रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?