गुल्मीमा ३४८ जना एचआइभी संक्रमित

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 6 mins

गुल्मी। गुल्मीमा तीन सय जनाभन्दा बढीमा एचआइभी संक्रमण देखिएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा ३४८ जनामा एचआइभी संक्रमित रहेको गुल्मी अस्पताल तम्घासको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कात्तिक मसान्तसम्म यस जिल्लाका संक्रमितहरुमध्ये २०४ जनाले गुल्मी अस्पताल अन्तर्गत रहेको एचआइभी तथा एड्स एन्टीरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टरबाट एचआइभी प्रतिरोधात्मक औषधी सेवन गर्नुभएको यहाँका फोकल पर्सन पुस्कर घिमिरे जानकारी दिनुभयो ।

यहाँ जिल्लाकै सबैभन्दा बढी सत्यवती गाउँपालिकामा ६२ जना संक्रमित रहेको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये एआरटी सेन्टरबाट २२ जनाले सेवा लिनुभएको छ । सबैभन्दा कम पाँच जना कालिगण्डकी गाउँपालिकामा संक्रमित हुनुहुन्छ । जसमा दुई जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको छ । मुसिकोट नगरपालिकामा ४१ जना संक्रमित हुनुहुन्छ । जसमध्ये २७ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गुल्मी अस्पतालको तथ्याङ्क अनुसार रेसुङ्गा नगरपालिकामा ३५ जना संक्रमित रहेको तथ्याङ्क छ । यहाँबाट १८ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको छ । गुल्मीदरबार गाउँपालिकामा २४ जना संक्रमित हुनुहुन्छ । जसमध्ये १६ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको उल्लेख छ । छत्रकोट गाउँपालिकामा ४६ जना संक्रमित हुनुहुन्छ । जसमध्ये १९ जनाले गुल्मी अस्पातल अन्तर्गत रहेको एआरटी सेन्टरबाट सेवा लिनुभएको छ । रुरुक्षेत्र गाउँपालिकामा ३८ जना संक्रमित हुनुहुन्छ । जसमध्ये २५ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यस्तै, मदाने गाउँपालिकामा १३ जना संक्रमित हुनुहुन्छ । जसमध्ये १० जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको छ । चन्द्रकोट गाउँपालिकामा १९ जना संक्रमित हुनुहुन्छ । जसमध्ये १४ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको छ । इस्मा गाउँपालिकामा २० जना संक्रमित हुनुहुन्छ । जसमध्ये १६ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको छ । धुर्कोट गाउँपालिकामा २६ जना संक्रमित हुनुहुन्छ । जसमध्ये १३ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको छ । मालिका गाउँपालिकामा १९ जना संक्रमित हुनुहुन्छ । जसमध्ये सात जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको छ । अन्य विभिन्न स्थानका २० जना संक्रमित हुनुहुन्छ । जसमध्ये १५ जनाले गुल्मी अस्पताल अन्तर्गत रहेको एआरटी सेन्टरबाट सेवा लिनुभएको छ ।

यहाँ विशेषगरी आप्रवासी वा रोजगारीका लागि विदेशीनेहरुबाट, जीवनसाथी, जेलकैदी बन्दी, आमाबाट बच्चा लगायतमा एचआइभी संक्रमण फेला परेको छ । सामुदायिक हेरचाह केन्द्र र घर समुदायमा आधारित कार्यक्रम अन्र्तगत एचआईभीको जोखिम समूहलाई एचआईभी परीक्षण गरिन्छ ।

नियमित औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति वृद्धि भई अवसरवादी संक्रमणबाट जोगाउनेसंगै मृत्युदर कम गर्न एन्टीरेट्रोभाइरल थेरापीले सहयोग गर्ने बताइएको छ । औषधीले काम गरेको नगरेको हेर्नका लागि गुल्मी अस्पतालमा भाइरल लोड परिक्षण सेवा सन्चालनमा ल्याइएको छ । यहाँ आर्थक वर्ष २०७९/०८० मा १८२ जनाले परिक्षण गराउनुभयो ।

अस्पतालमा एचआईभी परिक्षण र परामर्श सेवा, एन्टिरेट्रोभाइरल थेरापी, एसटीआइ परिक्षण र उपचार सेवा, टिबि स्क्रिनिङ सेवा, अवसरवादी संक्रमणको उपचार, भाइरल लोड लगायतका सेवाहरु यहाँबाट दिइने बताइएको छ । यस जिल्लामा राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र ९नार्डेक० नेपाल, हाम्रो जिवन प्लस र इपिक नेपालले एचआईभी परीक्षण गर्दै आएका छन् भने संक्रमित हो होईन भनि गुल्मी अस्पतालले प्रमाणित गर्ने एआरटी सेन्टरका फोकल पर्सन पुस्कर घिमिरे बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?