नेप्सेमा दोहोरो अंकको सुधार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । कारोबारको पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्सेमा सुधार देखिएसँगै ९ उपसूचकमा हरियाली छाएको छ ।

आइतबार नेप्से सूचकांक १४ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा सूचीकृत कुल २७१ कम्पनीको ९७ लाख  १८ हजार कित्ता  सेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख ६० हजारको कारोबार भएको छ ।

बजार बढेसँगै आज ९ उपसूचकमा पनि हरियाली छाएको छ । आइतबार निर्जीवन बिमा उपसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ भने दोस्रोमा होटल तथा पर्यटन उपसूचक १.८७ प्रतिशतले बढेको छ । त्यस्तै आइतबार माइक्रोफाइनान्स उपसूचक सर्वाधिक ०.३५ प्रतिशतले घटेको छ ।

यस दिन २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता सेयर कारोबार भएको छ । ५८ करोड ४५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल इन्स्योरेन्सको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः घोराही सिमेन्ट र सोल्टी होटेल परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?