काठमाडौं । विगत लामो समयदेखि नेपालमा अटोमोबाइल, रोड, बिल्डिङ र ब्रिज कन्ट्रक्सन इक्विपमेन्ट बिक्री गर्दै आएको प्राइम एसोसिएट्स प्रालि बहुराष्ट्रिय कम्पनी अपोलो इन्फ्राटेक ग्रुपको आधिकारिक बिक्रेता नियुक्त भएको छ ।
अपोलो इन्फ्राटेक ग्रुपअन्तर्गत विगत ४० वर्षदेखि रोड कन्ट्रन्सनमा अग्रणी अपोलो गुजरातले हाल विश्वका विभिन्न मुलुक नेपाल, भुटान, बंगलादेश, श्रीलंका तथा अफ्रिकामा आफ्ना उत्पादन बिक्री गर्दै आएको छ ।
गुणस्तरीय निर्माणमा हाम्रो अनिवार्य सहभागिता भन्ने नाराका साथ अघि बढेको अपोलोका उत्पादनहरूमा अपोलो कार मिक्स, कंक्रिट ब्याचिङ प्लान्ट, कंक्रिट पाभेर, ब्रुमर, ब्लक टाइल, कंक्रिट पाइप, बक्स कलभर्टलगायतका उत्पादन रहेका छन् ।
उल्लेखित उपकरणहरू निर्माण क्षेत्रका लागि निकै उपयोगी रहेको कम्पनीका अध्यक्ष दीपक आचार्यले बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्राइम एसोसिएट्स प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक आचार्यले उल्लेखित गुणस्तरीय उपकरण बिक्रीपछि आफ्ना ग्राहकलाई एक वर्षको वारेन्टीसहित सम्पूर्ण स्पेयर पार्ट्स पनि सहज र सुपथ मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बहुराष्ट्रिय कम्पनी अपोलोका उत्पादन प्लान्ट भारत, इटली, युके, जर्मनी र अमेरिकामा रहेका कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच