इजरायलद्वारा गाजामा ४७ खेलाडीको हत्या : प्यालेस्टिनी ओलम्पिक कमिटी

हिमालय टाइम्स
Read Time = 2 mins

गाजा । प्यालेस्टिनी ओलम्पिक कमिटीले इजरायली सेनाले युद्धका क्रममा ४७ खेलाडीको हत्या गरेको जनाएको छ ।

प्यालेस्टिनी ओलम्पिक कमिटीले इजरायलले गाजामा खेलाडीसहित ६४ अन्य खेलसँग सम्बन्धित कर्मचारीको हत्या गरेको आरोप लगाएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ ।

समितिले एक विज्ञप्तिमा भन्यो कि ‘इजरायली विनाश मेसिनले युद्धको क्रममा ४७ खेलाडी र १७ प्राविधिक र प्रशासकहरूलाई मारेको छ ।’

वाफाका अनुसार मृत्यु हुनेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्यालेस्टाइनको प्रतिनिधित्व गर्ने सपना देखेकी ६ वर्षीय कराते खेलाडी यास्मिन सराफ पनि रहेकी छिन् ।

समितिका अनुसार इजरायली बमबारीले संयुक्त राष्ट्र विकास कार्यक्रम युएनडिपी स्टेडियम, बेइट हानुन स्टेडियम, तीन इक्वेस्ट्रियन क्लब, एक बेसबल मैदान, र धेरै मार्शल आर्ट केन्द्रहरू सहित धेरै खेल सुविधास्थल माथी प्रहार गरिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?