लागुऔषध ब्राउन सुगर र चरेससहित चार जना पक्राउ

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । दाङमा लागुऔषध ब्राउन सुगर र चरेससहित चार जना पक्राउ परेको छन् ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका ५ घरभई घोराही १५ आदर्श टोलमा कोठा भाडामा बस्ने २० वर्षीया बिमला परियार, प्युठान माण्डबी गाउँपालिका २ घरभई हाल घोराही १५ मै कोठा भाडामा बस्दै आएकी १८ वर्षीया प्रेमा परियार, घोराही १० का १८ वर्षीया सुनिता गिरी र घोराही १५ पर्वत टोलका १८ वर्षीय सुशान्त खनाल रहेका छन् ।

उनीहरु स्थानिय कमल भट्टराईको घरमा डेरा गरी बस्दै आएका थिए । लागुऔषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिगएको प्रहरी टोली उनीहरुलाई पक्राउ गरेको हो ।

यसैबिच, घोराही उपमहानगरपालिका १८ रझेनाबाट लागु औषध चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्ला रुकुमपुर्व पुथा गंगा गाउँपालिका १ बस्ने २८ वर्षिय ललित पुन र सोही ठाउँ बस्ने ४२ वर्षिय हेमराज पुन रहेका छन् ।

उनीहरुलाई लागु औषध चरेसको कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली खटिगई कारोबार गरिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?