कालिया खोला –१ को पुल निर्माण अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन 

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 4 mins

राजविराज । सप्तरीको राजविराज–कन्चनपुर जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कालिया खोला –१ को पुल निर्माणको काम अलपत्र अवस्थामा छाड्दा यात्रुहरूको यात्रा जोखिमपूर्ण बनेको छ ।

हुलाकी राजमार्गको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौली स्थित कालिया खोलाको पुल अधुरै छाडेर ठेकेदार सम्पर्कविहीन भएपछि पुल कहिले बन्ने टुङ्गो छैन ।

सो पुलको निर्माण लामा बागमती निर्माण सेवाले २०७१ सालमा निर्माण सुरु गरे पनि पुलको निर्माण अझै सम्पन्न नभएपछि सदरमुकाम राजविराज आउनेजाने सयौँ सवारी साधनको आवतजावत जोखिमपूर्ण बनेको छ । निर्माण सेवाले हालसम्म २ करोड १३ लाख २९ हजार ४ सय ५९ रुपैयाँ भुक्तानी पाइसके पनि निर्माण सम्पन्न नगरी ठेकेदार विकास झा सम्पर्क विहीन भएका छन् ।

पुल निर्माण सम्पन्न गर्न बाँकी रहेको काम हालसम्म ८१ दशमलव २३ प्रतिशत काम सम्पन्न भएको छ ।

समयमा पुल निर्माण सम्पन्न नभएका कारण वर्षाको समयमा खोलामा अत्यधिक बाढी आउने गरेकाले आवतजावतमा अवरोध हुन्छ भने हिउँदमा घुलो उड्दा सडकै नदेखिने अवस्था रहको स्थानीयहरू बताउँछन । बन्दै गरको पुलको २०० मिटर पूर्व र पश्चिम तर्फ रोडको अवस्था पनि अतिनै खराब रहको छ । जसको कारण सवारी दुर्घटना हुने सम्भावना बढि रहेको त्यस सडक खण्डमा चल्ने म्याजिक चालकहरू भन्छन् । जिल्ला सदरमुकाम राजविराजबाट छोटो दूरी प्रयोग गरि तिरहुत , महादेवा , अग्निसाइर कृष्ण कञ्चनरुप , कञ्चनरूप र फत्तेपुर सम्म जानको लागी उक्त पुल निर्माण सम्पन्न नभएपछि जोखिम मोलेर यात्रा गर्न बाध्य भएको कञ्चनपुरका बैजु साह बताउँछन ।

सप्तरी सदरमुकाम राजविराज देखी जनकपुर सम्म पुग्न डेढ घण्टामै पुग्नु सकिने भए पनि ०७८ साल १७ असार निर्माणको अन्तिम चरणमा कमला नदीको पुलको एउटा स्पाम धसे पछि अहिले पूर्वपश्चिम राजमार्ग भएर आवतजावत गर्नुपर्दा ३ घण्टा बढी समय लागिरहेको राजविराजका स्थानीय अरुण यादव बताउँछन् ।

कमला नदीमा निर्माणाधीन पुल भत्किए ग्रामिण क्षेत्रमा पर्ने सप्तरीको बोदे बर्साइन बजार, डिमन, पथरगडा, अर्नाहा, चन्ही चौक सिरहका भगवानपुर, सोनवर्षा, बरयारपट्टी, औरही, सनहैठा, धनुषका कमला, तिनकोरिया, लगमा, सघरा, औरही, लगायतका बजार क्षेत्रमा विकासमा पनि बाधा पारको छ ।

सप्तरी देखी जनकुपर सम्म यस सडकको लाम्वाई ८.८ किलो मिटर पर्दछ जसमा सिरहा जिल्लामा बलान पुलदेखि कमला पुल २९.८८ किलोमिटर, सप्तरी जिल्लामा कञ्चनरूप देखि बलान पुलसम्म ३२ किलोमिटर, धनुषा जिल्लामा कमला पुलदेखि जनकपुरधाम सम्म २७ किलोमिटर पर्दछ । राष्ट्रिय महत्वको यस आयोजना लामो समयसम्म पूर्ण नहुँदा तराई–मधेस क्षेत्रको आर्थिक विकासले गति लिन सकेको छैन । तराईका जिल्ला जोड्ने लाइफ लाइनका रुपमा परिभाषित हुलाकी राजमार्ग निर्माण शुरु भएको १८ वर्ष बित्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?