तातोपानी गाउँपालिकाद्वारा ३३ सय घरधुरीलाई निःशुल्क घर बीमा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले पालिका भित्रका तीन हजार तीन सय घरधुरीलाई निःशुल्क घर बीमा गरि दिएको छ । तातोपानीका नागरिकको सुरक्षाका लागि निःशुल्क घर बीमा गरेको गाउँपालिका अध्यक्ष नन्दप्रासद चौलागाईले जानकारी दिनुभयो ।

प्राकृतिक विपत्तिबाट घरमा हुन सक्ने हानी नोक्सानिलाई मध्यनजर गरेर बीमा गरिएको अध्यक्ष चौंलागाईले भन्नुभयो,“ भुकम्प, आगलागी, चट्याङ र बाढी पहिरोबाट घरमा क्षति भएको खण्डमा बीमितले रु ५ लाख क्षतिपूर्ति पाउनेगरि बीमा गरिएको छ । सबै घरको बीमा शुल्क गाउँपालिकाले तिरेर बीमा गरिएको छ ।

जुम्लामा रहेको शिखर इन्स्योरेन्स बीमा कम्पनीसँग सम्झौता गरि बीमा लागू गरिएको गाउँपालिका अध्यक्ष चौंलागाईको भनाइ छ । ”बीमा गरेबापतको रकम हरेक वर्ष गाउँपालिकाले तिर्ने छ । पालिकाका प्राविधिक प्रत्येक घरको चेकजाँच गर्न तथ्यांक संकलनमा जुट्नेछन् । पाँच लाख भन्दा बढिको बीमा गर्न चाहने घरधनिले आफै बीमा गर्नु पर्ने छ ।

यो भन्दा अगाडि घरहरुमा क्षतिहुँदा प्रदेश,संघ सरकार र अन्य कुनैठाउँबाट सहयोग नजुटेपछि गाउँपालिकाले यहाँका नागरिकको बीमा गरेको प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताउनुभयो । पाँच लाख बराबरको बीमाका लागि प्रतिघर ४ सय ६६ रुपैयाँ शुल्क लाग्ने शिखर इन्स्योरेन्स बीमा कम्पनीका कर्णाली प्रदेश कार्यालयका इन्चार्ज ऋषिराम पाण्डेले जानकारी दिनुभयो ।

तातोपानीका आठवटै वडाका ३३ सय घरधुरीका लागि निर्जीवन बीमा सुरक्षाको प्रत्याभुति दिनका लागि रु २० लाख बजेट नीति तथा कार्यक्रमबाट विनियोजन गरी कार्यान्वयमा ल्याएका गाउँपालिका अध्यक्ष चौलागाईको भनाइ छ ।अविरल वर्षा र बाढी पहिरोका कारण प्रत्येक वर्ष नागरिक घरबार विहिन हुनु परेको छ ।

स्थानीयको सुरक्षामा पहिलो जिम्मेवारी स्थानीय सरकार भएकाले यहाँका नागरिकको सुरक्षाका लागि पालिकाको पहिलो प्राथमिकतामा राखेर काम गरेको गाउँपालिका उपाध्यक्ष रेवती रावलले जानकारी दिनुभयो । नीति तथा कार्यक्रमबाटै पालिकाबाट संचालन हुने गौरवका बुहबर्षिय तथा ठुला प्रकृतिका योजनाहरुको दिगो व्यवस्थापन संरक्षण र मर्मत सम्भार गरि दिगोपना दिनका लागि ५ लाख योजना वीमाका लागि विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताउनुभयो ।

पशुपालनको क्षेत्रमा कृषकलाई थप प्रोत्साहन गर्न, पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्नका लागि किसानमैत्री योजना नीति तथा कार्यक्रममा ल्याएको तातोपानी गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?