निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्धको धर्ना ८ औँ दिन पनि जारी छ ।

नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा बिरोधको कार्यक्रम जारी राखेको हो । बुधवार पनि समितिले धर्नालाई यथावत राखेको हो । नागरिक उड्ययन प्राधिकरणको सो निर्णय फिर्ता नहुञ्जेलसम्म विरोधका कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल वायुसेवा निगम कर्मचारी युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष डा. ऋषिकेश पन्थीले निजी हवाईजहाजसँग कमिसन खाएर राष्ट्रिय ध्वजावाहक जहाजलाई कमजोर बनाउन नहुने बताउनु भयो । उहाँले नेपाल वायुसेवा निगमले कमाएको पैसा मुलुकभित्रै परिचालन हुने र पूँजि पलायन नहुने भन्दै यसले अर्थतन्त्रको विकासमा सघाउ पुर्‍याउने बताउनु भयो । उहाँले आफूहरुले पूँजि पलायन रोक्नका लागि आन्दोलन गर्नुपरेको बताउनु भयो । उहाँले आफूहरुको आन्दोलन राष्ट्रियताको आन्दोलन भएको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो - ‘निजी हवाइजहाज सबैसँग कमिसन खाने अनि राष्ट्रिय ध्वजावाहकलाई कमजोर बनाउन पाइन्छ ? पाइँदैन । यो नागरिकको संस्था हो । आज हामीले कमाएको पैसा यो मुलुकभित्र परिचालन हुने हो । अर्थतन्त्र विदेशी पुँजि पलायन हुँदैन । हामीले कमाएको पैसा यो मुलुकको समृद्धिमा लगानी गर्ने हो । यो मुलुकको विकास निर्माणमा लगानी गर्ने हो । नागरिकलाई सुविधा दिन लगानी गर्ने हो । त्यसैले यो पुँजि पलायन रोक्नका लागि पनि आन्दोलन हो । यो राष्ट्रियताको आन्दोलन हो । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको थ्रेट छ । यो राष्ट्रिय सुरक्षा र स्वतन्त्रताको प्रश्न जोडिएको विषय हो । डाटा सेक्युरिटीको कुरा हुन्छ । त्यसैले यो अन्तर्राष्ट्रियलाई दिने खेल ठूलो चलखेलमा भएको छ ।’

उहाँले आफूहरु विगत ८ दिनदेखि आन्दोलित हुँदापनि विभागिय मन्त्रीले कुनै चासो नदेखाएको बताउनु भयो । उहाँले आफूहरुको माग सम्बोधनका लागि सरकार र विभागिय मन्त्री जिम्मेवार नबनेको भन्दै निरन्तर आन्दोलनमा जाने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?