राजविराज । सप्तरीको रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादवसहित चार जनामाथि चोरी डाँका मुद्दा दर्ता गर्न अदालतले आदेश दिएको छ ।
उच्च अदालत जनकपुर, राजविराज इजलासले गाउँपालिका अध्यक्ष यादव, निवर्तमान वडाध्यक्ष पीताम्बर यादव, वडा २ का सरोज यादव र वडा नं. १ का राम यादवमाथि चोरी डाँका मुद्दा दर्ता गर्न परमादेश जारी गरेको हो ।
अदालतका न्यायाधीशद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको संयुक्त इजलासले परमादेश जारी गरेको अदालतका सूचना अधिकारी इन्द्रकुमार योङहाङ्गले जानकारी दिनु भयो । गाउँपालिका अध्यक्ष दिनेश वडा १ का बासिन्दा हुन् भने पीताम्बर सोही वडाका निवर्तमान वडाध्यक्ष हुन् ।
उनीहरु विरुद्ध रुपनी गाउँपालिका १ कै किरण कुमार जयसवालले जिल्ला प्रहरी कार्यालय सप्तरीमा चोरी डाँका सम्बन्धी जाहेरी दिनुभएको थियो । तर, प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि उहाँ उच्च अदालत जनकपुर, राजविराज इजलास पुगेका पुग्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष दिनेश, वडाध्यक्ष पीताम्बर सहितका चार जनाले हातपात गर्दै मोबाइल र २५ हजार रुपैयाँ चोरी–डाँका गरेको जयसवालको आरोप छ । गाउँपालिका अध्यक्ष दिनेशले कमिसन लिएको प्रमाण जयसवालले मोबाइलमा राख्नुभएको थियो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गर्नुभएको थियो ।
गत २३ असारको राति गाउँपालिकाको स्कार्पीओ दुर्घटना हुँदा सामाजिक सञ्जालमा लेखेकै निहुँमा २४ असारको बिहान हातपात गर्दै मोबाइल र २५ हजार रुपैयाँ चोरी डाँका गरेको जयसवालले अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ ।
योङहाङका अनुसार जिल्ला प्रशासन कार्यालय, सीडीओ, जिल्ला प्रहरी कार्यालय, एसपी, जिल्ला सरकारी वकिल कार्यालय र कार्यालय प्रमुखको नाममा परमादेश जारी भएको हो । सप्तरी प्रहरीका एसपी गजुसिद्धी बज्राचार्यले कानून उल्लङ्घन गर्ने जोकोहीमाथि कारबाही हुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच