काठमाडौं । ग्लोबल आइएमई बैंकको बिहीबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को कुल मुनाफाबाट बैंकले सेयरधनीलाई प्रस्ताव गरेको आठ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनस सेयर गरी नौ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
सञ्चालक समितितर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/०८० को कुल मुनाफाबाट बैंकले सेयरधनीलाई प्रस्ताव गरेको बोनस सेयर तथा नगद लाभांश प्रस्ताव पनि पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र करपछिको मुनाफा छ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्ने बैंकले जनाएको छ ।
साथै साधारणसभाले संस्थापक सेयरधनी समूहबाट तीनजना र सर्वसाधारण सेयरधनी समूहबाट तीनजना गरी छजना सञ्चालक चयन गरेको छ । संस्थापक सेयर धनीमध्येबाट चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त रहनुभएको छ भने सर्वसाधारणबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा रहनुभएको छ ।
आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद ब्याज आम्दानीतर्फ अघिल्लो वर्षभन्दा छ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको छ । बैंकको खुद मुनाफामा अघिल्लो वर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई छ अर्ब ६९ करोड कायम भएको छ भने बैंकले सोही अवधिमा चार खर्ब ३९ अर्बभन्दा बढी निक्षेप संकलनका साथै तीन खर्ब ७४ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच