युक्रेनमा आफ्नो ‘उद्देश्य प्राप्त भएपछि’ मात्र युद्ध रोकिने पुटिनको भनाइ

हिमालय टाइम्स
Read Time = 6 mins

युक्रेन युद्धमा आफ्नो उद्देश्य पूरा नहुन्जेल त्यहाँ शान्ति नहुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। बिहीवार एक महत्त्वपूर्ण पत्रकार सम्मेलनमा उनले युद्ध रुसका लागि राम्रैसँग अघि बढिरहेको बताए।

पत्रकारहरू र आम रुसीहरूबाट लिइएका प्रश्नहरूको उनले घण्टौँ लामो पत्रकार सम्मेलनमा जवाफ दिएका हुन्। सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा युद्ध सुरु भएपछि उनको त्यस प्रकारको यो नै पहिलो पत्रकार सम्मेलन हो।

युद्धकेन्द्रीत कार्यक्रम

अधिकांश योजनाबद्ध ढङ्गले आयोजना हुने त्यस कार्यक्रम पुटिनले भन्ने गरेको ‘युक्रेनमा जारी विशेष सैन्य कारबाही’ मा केन्द्रीत थियो। उनले अग्रमोर्चाभर रुसको सैन्य अवस्थामा सुधार भइरहेकोमा जोड दिए।

घन्टौँ लामो ूडाइरेक्ट लाइनू कार्यक्रमलाई अधिकांश मुख्य टेलिभिजन च्यानलहरूले प्रत्यक्ष प्रसारण गरेका थिए। त्यसको सुरुवात गर्ने क्रममा पुटिनले रुसीहरूलाई भने- सार्वभौमसत्ताबिना हाम्रो देशको अस्थित्व असम्भव छ। त्यो अस्तित्वमै रहनेछैन।

उनले युद्धकालमा रुसको अर्थतन्त्र बलियो रहेको बताए। पुटिनले ‘युद्धका उद्देश्य नफेरिएकोू भन्दै ती युक्रेनको नाजिकरणबाट मुक्ति, असैन्यकरण र उसको तटस्थ हैसियत’ रहेको बताए। उनले युद्धको सुरुदेखि नै यी विषय उठाउँदै आएका थिए। एउटा बिन्दुमा उनले हाल युक्रेनमा रुसका ६,१७,००० फौज लडिरहेको खुलासा गरे। त्यसको अतिरिक्त गत वर्ष ३ लाख जना भर्ती हुन आएको र अर्को ४ लाख ८६ हजार स्वैच्छिक रूपमा करारमा सैनिक सेवामा जोडिन आएको बताए।

उनले ज्यान गुमाएका सैनिकहरूका बारेमा कुनै सङ्ख्या प्रस्तुत गरेनन्। तर उनले उनका निकटस्थ मानिसका सन्तानहरूले निजी सैन्य कम्पनीहरूका लागि लडेको र उनीसँगै निकट रहेका कैयौँ मानिसहरू मारिएको बताए। एउटा गोप्य अमेरिकी गुप्तचरी प्रतिवेदनले गरेको पछिल्लो अनुमान अनुसार युद्ध सुरु भएयता ३,१५,००० रुसी सैनिकहरू मारिएका वा घाइते भएका छन्। जसका अनुसार अतिक्रमणको सुरुमा रहेको रुससँग रहेको सैनिक शक्तिको त्यो झण्डै ९० प्रतिशत सङ्ख्या हो।

युक्रेनका सहयोगीको साथ ‘रित्तिँदो’

पुटिनले युक्रेनका लागि उसका सहयोगीहरूको साथ समेत रित्तिँदै गइरहेको बताए।  ‘मलाई थाहा छैन किन उनीहरूले यो गरिरहेका छन्, उनीहरूले आफ्ना मानिसहरूलाई मारिनका लागि धकेलिरहेका छन्, यो युक्रेनी फौजका लागि एकतर्फी यात्रा हो, पुटिनले भन, ‘यसको कारण राजनीतिक हो किनकि युक्रेनी नेताहरूले विदेशी राष्ट्रहरूलाई सहायताका लागि भिख मागिरहेका छन्।’

अहिले युक्रेनले ‘लगभग केही पनि उत्पादन’ नगर्ने भन्दै उनले टिप्पणी गरे। ‘मेरो असभ्यताका लागि माफी गर्नुस् तर सबैथोक सित्तैको उपहारका रूपमा ल्याइएको छ। तर ती सित्तैका उपहार कुनै बिन्दुमा सकिन्छन्। र ती बिस्तारै सकिरहेका जस्ता देखिन्छन्।’

अमेरिका र गाजा युद्धबारे प्रतिक्रिया

उनले अमेरिकालाई एक महत्त्वपूर्ण देशका रूपमा व्याख्या गर्दै उसमाथि साम्राज्यवादको आरोप लगाए। उनले अमेरिकालाई ‘अरू मानिस र देशको सम्मान गर्न’ आग्रह गर्दै त्यसो भएमा रुस अमेरिकासँगको सम्बन्ध पुनर्स्थापित गर्न तयार रहने बताए।

उनले गाजाको अवस्थालाई ‘दुर्भाग्यपूर्ण ’ बताउँदै त्यहाँको अवस्था तुलना गर्दै त्यो युक्रेनको जस्तो ‘कुनै पनि हालतमा नरहेको’ बताए। रुसी र अन्तर्राष्ट्रिय पत्रकारहरूबाट स्वतःस्फूर्त रूपमा राखिएका प्रश्नबाहेक आम नागरिकहरूका तर्फबाट उक्त पत्रकार सम्मेलनका लागि २० लाख प्रश्नहरू बुझाइएको बताइएको छ।

आर्टिफिसिअल इन्टलेजेन्सबारे उनकैजस्तो एक एआई शरीरले सोधेको प्रश्नमा उनले रुस आर्टिफिसिअल इन्टलेजेन्समा नेतृत्वकर्ता हुनुपर्ने पनि बताए।बीबीसी नेपालीबाट 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?