काठमाडौं । कीर्तिपुर ‘ए’ ले दोस्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषमा सफलता हात पारेको छ । कीर्तिपुर ‘ए’ ले बौद्ध ‘बी’ लाई ८८–५३ ले पराजित गर्यो । विजयी टिमका लागि जयदीपले २८ अंक जोड्नुभयो ।
कीर्तिपुरको ‘बी’ टिम भने चुक्यो । शंकरदेव क्याम्पसले कीर्तिपुर ‘बी’लाई ७९-७५ को साँघुरोअन्तरले हरायो । शंकरदेवका सोहिल श्रेष्ठले २३ स्कोर गर्नुभयो ।
पुरुषमै क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेका नेपाल आर्मी र टाइम्सले पनि आ-आफ्नो प्रतिद्वन्द्वीमाथि जित निकाल्नुभयो । आर्मीले टाइमआउटलाई ९९-७७ले पाखा लगायो ।
आर्मीका निकेश मगरले २८ अंक जोड्नुभयो । टाइम्सले बलर्समाथि १२०-७६ को सहज जित दर्ता गर्यो । टाइम्सका विजय बुर्जाले ३६ अंक बटुल्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच