सिन्धुपाल्चोक । सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौँ पुर्याउन आग्रह गर्नुभएको छ ।
मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको आज निरीक्षण गर्नुहुँदै उहाँले सक्दो चाँडो काठमाडौँका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिनुभयो ।
सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगकोसमेत निरीक्षण गर्नुभयो । मेलम्चीको पानी काठमाडौँ लैजान ढिलाइ भइरहेको सन्दर्भमा उहाँले यसबारे सम्बन्धित निकायबाट जानकारी लिनुभएको हो ।
सो अवसरमा मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनीयर पदमबहादुर कुँवरले मेलम्चीमा हाल भइरहेको कामका बारेमा सभामुख घिमिरेलाई जानकारी गराउनुभएको थियो । उहाँका साथमा पूर्वमन्त्री शेरबहादुर तामाङ, बागमती प्रदेशका पूर्वमन्त्री सरेस नेपाललगायत रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच