काठमाडौं । चन्द्रागिरि नगरपालिका-१० सतुंगल बोसिगाउँको धनबहादुर खेलकुद प्रतिष्ठानका खेलाडीले भारतको मुम्बईमा शनिबार भएको अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा ११ स्वर्णसहित १५ पदक जितेका छन् । अस्मिता थापा मगर, अञ्जली महर्जन, एलिना थिङ र सन्दिप राईले काता र कुमितेमा दुवैमा स्वर्ण पदक जित्नुभएको हो । ममता शाहशंकरले कातामा स्वर्ण र कुमितेमा कांस्य पदक जित्नुभएको छ ।
राकेश मानन्धरले कुमितेमा स्वर्ण र कातामा कांस्य पदक जित्नुभएको छ । प्रतियोगितामा भाग लिएका प्रतिष्ठानका नौ खेलाडीले नै पदक जित्नुभएको छ । सुलभ श्रेष्ठले कातामा रजत, विजयकुमार पोदारले कुमितेमा कांस्य पदक जित्नुभएको नेपाल कराँते महासंघका सदस्य रवि महर्जनले जानकारी दिनुभयो ।
नेपाली महिला टोली कातामा च्याम्पियन बन्यो । दोहोरो स्वर्ण पदक विजेता अस्मिता थापा मगर सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । सिताराम लामा र सरोज लामा प्रशिक्षक रहेको टोलीको व्यवस्थापकमा गुञ्जन सिंह हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच