एमालेले अब मुलुकको आर्थिक-सामाजिक समृद्धिको विशाल खाका तयार पार्छ : योगेश भट्टराई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले पार्टीले मुलुकको आर्थिक-सामाजिक समृद्धिको विशाल खाका तयार पार्ने बताउनुभएको छ ।

पार्टीको मध्य पहाडी लोकमार्ग यात्राको क्रममा प्राप्त तथ्यहरुको आधारमा सो खाका तयारी पारी सरकारलाई दिने एमालेको योजना रहेको पनि उहाँले बताउनु भयो । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै सचिव भट्टराईले सो यात्राको क्रममा आफूहरुले मध्य पहाडी क्षेत्रको विकासको सम्भावनालाई थेसिसको रुपमा ग्रहण गरेको र त्यसलाई विश्लेषण गरेर पार्टीले आगामी नीति तथा कार्यक्रमको रुपमा अघि बढाउने योजना रहेको पनि बताउनु भयो । उहाँले मध्य पहाडी क्षेत्रको उद्यमशीलता, रोजगारी अभिवृद्धि गर्ने विषयमा पनि ठूलो व्यवहारिक ज्ञान प्राप्त भएको बताउनु भयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘एमालेको तर्फबाट अब हामी मध्य पहाडी क्षेत्रको आर्थिक, सामाजिक समृद्धिको एउटा विशाल प्रोजेक्ट, परियोजना हामी बनाउँछौं । यो एउटा थेसिस बनायौँ हामीले । थेसिसका सबै डेटाहरु आए । अब यसलाई काठमाडौंमा बसेर संश्लेषण गर्छौं, विश्लेषण गर्छौं । र यसलाई एउटा डकुमेन्टेशन गर्छौं । र, यो मध्य पहाडी क्षेत्रको विशाल सम्भावनाको प्रोजेक्ट हुन्छ । यो प्रोजेक्ट हामी सरकारलाई पनि दिन्छौं । योजना आयोगलाई दिन्छौं । अरुलाई दिन्छौं । हाम्रो पार्टी नीति अध्ययन प्रतिष्ठान छ । त्यसमा बसेर हामी गृहकार्य गर्छौं । एमालेको तर्फबाट अब हामी मध्य पहाडी क्षेत्रको आर्थिक, सामाजिक समृद्धिको एउटा विशाल प्रोजेक्ट, परियोजना हामी बनाउँछौं । यो एउटा थेसिस बनायौ हामीले । थेसिसका सबै डेटाहरु आए । अब यसलाई काठमाडौंमा बसेर संश्लेषण गर्छौं, विश्लेषण गर्छौं । र, यसलाई एउटा डकुमेन्टेशन गर्छौं । र यो मध्य पहाडी क्षेत्रको विशाल सम्भावनाको प्रोजेक्ट हुन्छ । यो प्रोजेक्ट हामी सरकारलाई पनि दिन्छौं । योजना आयोगलाई दिन्छौं । अरुलाई दिन्छौं । हाम्रो पार्टी नीति अध्ययन प्रतिष्ठान छ । त्यसमा बसेर हामी गृहकार्य गर्छौं ।’

सचिव भट्टराईले सो यात्राको क्रममा मुलुकको सामाजिक सम्बन्धलाई बलियो बनाउने काम गरेको दाबी समेत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?