एकाविहानै बार्दलीमा महानगरको डोजर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिजुलीबजार पुल नजिकको बार्दली रेष्टुरेन्टले मिचेको संरचना भत्काएको छ ।

बिहीबार बिहान डोजरसहित पुगेका नगर प्रहरीहरुले बार्दली रेष्टुरेन्टले सडकको संरचना मिचेर बनाएको पर्खाल भत्काइदिएको हो ।

यहाँनेर सडक साँघुरो हुँदा सवारी साधनको जाम हुने गरेको थियो ।

महानगरपालिकाले बार्दली रेष्टुरेन्टभन्दा उत्तरतिरका संरचना भने यसअघि नै भत्काइसकेको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १०का जनप्रतिनिधि, नापीका प्रतिनिधि र स्थानीयको उपस्थितिमा यसअघि अनधिकृत संरचना बनाएर हडपिएको जग्गाको रेखांकन गरिएको थियो ।

बार्दली रेष्टुरेन्टलाई आफैं संरचना भत्काउन भनेकोमा नमानेपछि महानगरपालिकाले डोजर चलाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?