काठमाडौं । भारतको नयाँदिल्लीमा भएको मोर्डन पाइथान गेम्समा नेपाली मुवाँथाई खेलाडीले बिहीबार चार स्वर्ण जित्नुभएको छ । प्रतियोगितामा नेपालबाट समान दुई-दुई पुरुष/महिला गरी चार खेलाडी सहभागी भएकोमा चारैले स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका उपाध्यक्षसमेत रहेका टिम प्रशिक्षक राहुल मोक्तानले जनाउनुभएको छ ।
पुरुष ६५ केजीमा मुकेश लुइँटेल खत्रीले भारतका शिभान्स भार्गवलाई पराजित गरी स्वर्ण जित्नुभयो । मुकेश भुटानमा भएको पाँचौं दक्षिण एसियाली किक बक्सिङ च्याम्पियनसिपका स्वर्ण विजेता हुनुभयो । पुरुष ६० केजीमा किशोर नेगीले भारतका विशाल सिंहलाई नकआउट आधारमा हराउँदै पहिलो हुनुभयो ।
महिला ४८ केजीमा प्राप्ति बतासले भारतकी सताक्षी शुक्लालाई पाखा लगाउँदै शीर्षस्थानमा रहनुभयो । राष्ट्रिय च्याम्पियन प्राप्ति मलेसियामा सन् २०२२ मा भएको युथ विश्व च्याम्पियनसिपकी कांस्य विजेता हुनुहुन्छ । प्राप्तिकी दिदी परिकाले ५१ केजीमा भारतकी दिब्यान्शीलाई पन्छ्याउँदै स्वर्ण चुम्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच