काठमाडौं । प्रतिष्ठित व्यापारिक घराना लक्ष्मी ग्रुपले ५०औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा ग्रुपअन्तर्गतको एक कम्पनी हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनलले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरका ५० जना बढी बालबालिकालाई स्टेसनरीलगायतका शैक्षिक सामग्री प्रदान गरेको छ ।
हुण्डाई नेपालले हुण्डाई मोटी कम्पनीको ‘मोबिलिटी’ सँग सबैलाई जोड्ने उद्देश्यप्रति ऐक्यबद्धता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ । सो अवसरमा लक्ष्मी ग्रुपअन्तर्गत विभिन्न संस्थाबाट विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आएका छन् ।
कम्पनीले रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ, जसमा सयभन्दा बढी कर्मचारीले सहभागिता जनाएको बताइएको छ । लक्ष्मी ग्रुपअन्तर्गतको हुण्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम पनि गरेको थियो । लक्ष्मी ग्रुपअन्तर्गतको कम्पनी सुजल डेरीले गैह्रीधारास्थित होप हेरिटेज वल्डर केयरमा दिवा खाजा वितरण गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच