
काठमाडौं । प्रसिद्ध साहित्यकार रमेश विकलको स्मृति दिवस तथा पुरस्कार समर्पण समारोह सम्पन्न भएको छ । शनिबार एक समारोहबीच गोकर्णेश्वर नगरपालिका अरुबारीस्थित विकल प्रतिष्ठान निकट सम्पन्न कार्यक्रमको सभापतित्व प्रतिष्ठानका उपाध्यक्ष के.के. कर्माचार्यले गर्नुभएको थियो । रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव तथा विकलका छोरा साहित्यकार विजय चालिसेले स्वागत मन्तव्य राख्नुभएको उक्त समारोहमा प्राडा. वासुदेव त्रिपाठी, सन्तोष चालिसे, रामेश्वर फुयाँल, दीपक रिसाल, रामबाबु सुवेदी, सुवास गजुरेल, माधव काफ्ले, सत्यदेवी खड्क तथा हितवीरसिंह कंसकारलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको थियो । यसैगरी रमेश विकल असहाय पुनस्र्थापना समाजलाई पनि छात्रवृत्ति प्रदान गरिएको थियो ।
पुरस्कृत व्यक्तित्वलाई सर्वोच्च अदालतका पूर्वन्यायाधीश मनोजकुमार शर्माले प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्व तथा कार्यक्रमका प्रमुख अतिथि प्राडा.वासुदेव त्रिपाठीले उक्त समारोहमा रमेश विकल बहुआयामिक स्रष्टा भएको विचार व्यक्त गर्दै उहाँलाई नेपाली साहित्यले बिर्सनै नसक्ने धारणा राख्नुभयो । उहाँले शोषणरहित समाजको कल्पना गर्ने विकलमा अस्तित्व, मान्यता, प्रगतिशीलता, बालसाहित्य जस्ता लेखकीय विशेषता थिए भन्नुभयो । साहित्यकार गोविन्दप्रसाद घिमिरे वेदमणिले शुभकामना तथा बधाई दिनुभएको उक्त कार्यक्रममा प्राडा.हेमनाथ पौडेलले पुरस्कृत व्यक्तित्वहरूबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण साहित्यकार निर्मल अर्यालले गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा सभापति कर्माचार्यले आफ्नो विचार व्यक्त गर्नुका साथै कार्यक्रमको समापन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच