चीनद्वारा बिडिएस-३ सेवाका लागि नयाँ उपग्रहहरू प्रक्षेपण

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । चीनले मङ्गलवार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बेइडाउ-३ नेभिगेसन स्याटेलाइट प्रणाली (बिडिएस-३) का लागि दुई नयाँ उपग्रहहरू अन्तरिक्षमा पठाएको छ ।

बेइडाउ प्रणालीको ५७ औं र ५८ औं उपग्रह गरी दुई उपग्रहहरू लङ मार्च-थ्रिबी वाहक रकेट र वाहक रकेटसँग जोडिएको युनझेङ-१ माथिल्लो चरणबाट बिहान ११ः२६ बजे (बेइजिङ समय) प्रक्षेपण गरिएको थियो । प्रक्षेपण लङ मार्च श्रृंखला वाहक रकेटहरूको लागि ५०४ औं मिसन थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?