
काठमाडौं । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र बिक्रीवितरण गर्न रोक लगाएको छ । उक्त कम्पनीद्वारा उत्पादित करेन्ट चाउचाउले सर्वाधिक लोकप्रिय वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी वाईवाईजस्तै देखिने ¥यापर प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने काम गरेको भन्दै उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालीन आदेश जारी गरेको हो ।
यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरी उपभोक्तालाई भ्रमित पार्ने काम गरेको भन्दै सिजी फुड्स उक्त कार्य तत्काल रोक्न माग गर्दै अदालत गएको थियो । चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगत्मा समेत आर्जन गरेको ख्यातिलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरेको चौधरी ग्रुपको आरोप छ ।
ग्रुपका अनुसार यशोदा फुड्सले वाईवाईको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रूपमा दर्ता गर्नसमेत कोसिस गरेको थियो । अदालतले यशोदा फुड्सको उक्त आवेदन नम्बर ०९८२२२ को दर्ता प्रक्रियासमेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ । अदालतको आदेशले वाईवाईको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी चौधरी ग्रुपद्वारा उत्पादित वाईवाई नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखि पहिलो रोजाइमा रहँदै आएको छ । यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याति कमाएको वाईवाईको लोकप्रियताको दुरूपयोग गर्ने नियतसाथ करेन्टले वाईवाईको ट्रेडमार्क नक्कल गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच