विवाह खर्च कटाएर गाउँमा स्वास्थ्य शिविर

हिमालय टाइम्स
Read Time = 4 mins

गुल्मी । गुल्मीका एक पत्रकार जसले आफ्नो विवाह भोजको खर्च कटौती गरी स्थानीय गाउँबासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३, भाडगाउँका मोहन बस्नेतले स्वास्थ्य शिविरको आयोजना गरि स्थानीयलाई सेवा प्रदान गर्नुभएको हो ।

पत्रकार एवम् युट्युबर बस्नेतले पछिल्लो समयको भड्किलो बिबाहलाई निरुत्साहित र समाजलाई सकारात्मक सन्देश दिनको लागि आफ्नै गाउँको भाडगाउँ माध्यमिक विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गर्नुभयो । बस्नेतले मंङ्सिर १३ गते सरु आचार्यसँग विवाह गर्नुभएको हो । उहाँहरु दुवै जनाले भड्किलो बिबाह होईन, त्यसको सट्टा मानवीय सेवा गरौं भन्ने उद्देश्य राखेको बताउनुभयो ।

उहाँको आफ्नै युट्युब च्यानल नेपाल अपडेट मिडियाद्वारा आयोजना गर्नुभएको सो शिविरमा स्थानीय मात्र नभएर पायक पर्ने जति सेवा लिन आउनुभएको थियो । बिशेषज्ञ डाक्टरहरु सहितको शिविरमा लुम्बनी प्रादेशिक अस्पताल बुटवलका स्त्रीरोग बिशेषज्ञ डाक्टर नविन तिरुवा, कन्सल्टेन फिजिसियन डाक्टर शम्भु खनाल, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर रमेश अर्याल र टाउको तथा मनोरोग बिशेषज्ञ डाक्टर आशिम रेग्मीसहितका स्वास्थ्यकर्मीहरुले सेवा दिनुभयो ।

ईसिजी, रगत परिक्षण र भिडियो एक्सरेको समेत प्रबन्ध मिलाइएको थियो । बुटवलकै हाम्रो पोलिक्लिनिकको प्राविधिक सहयोगमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा विपन्न वर्गका विरामीहरुले पत्रकार बस्नेतलाई विशेष धन्यवाद दिनुभयो । शिविरमा करिब ४०० जनाले ओपिडी सेवा लिनुभयो । ४९ जनाको भिडियो एक्सरे, २० जनाको इसिजी, १०८ जनाको सुगर जाँच, ४३ जनाको युरिक एसिड जाँच, २२ जनाको पिसाब जाँच र ६५ जना विद्यार्थीको रक्त समुह परीक्षण गरिएको हो ।

भड्किलो बिबाह बन्दै गईरहेको बेला पत्रकार बस्नेतले सकरात्मक सन्देश दिने गरि विवाहको भोजको सट्टा स्वास्थ्य सेवा प्रदान गर्नुभएको प्रति त्यस वडाका वडाध्यक्ष बाबुराम खत्रीले धन्यवाद व्यक्त गर्नुभयो । बस्नेतले केहि दिनअघि उपल्लो तम्घास माध्यमिक विद्यालयका फरक क्षमता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुका साथै विभिन्न समाजिक क्षेत्रमा पनि सहयोग गर्नुभयो । बिबाह अघि पनि बस्नेतले युट्युबको माध्यमद्वारा बिरामी र विपद्मा परेका मानिसहरुको उद्वार गर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?