भोजपुरमा १८ पुसबाट वडाध्यक्ष कप फुटबल

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

 

भोजपुर । पहाडी जिल्ला भोजपुरमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । भोजपुर नगरपालिका वडा नम्वर ७ वडा कार्यालयको सहयोगमा खुला फुटवल प्रतियोगिता संचालन हुन लागेको हो ।

कोदार फुटबल क्लब भोजपुरको आयोजना तथा भोजपुर जिल्ला फुटवल संघको संयोजनमा हुन लागेको प्रतियोगितामा सहभागिताका लागि पुस १७ गतेसम्म टिम दर्ता गराउनु पर्ने आयोजक कोदार फुटवल क्लवले जनाएको छ । प्रतियोगिताले फुटबल क्षेत्रको बिकासमा थप मद्धत गर्ने भोजपुर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष जयबहादुर तामाङले बताउनुभयो ।

जिल्लामा बनेको अन्तराष्ट्रिय स्तरको रंगशालामा पुस १८ देखि २१ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?