लुम्बिनी प्रदेशमा २१ प्रतिशत जनसंख्या मात्र स्वास्थ्य बीमाको पहुँचमा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 6 mins

रुपन्देही । लुम्बिनी प्रदेशमा रहेको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ मध्ये १० लाख ९२ हजार ६सय ७३ जना बिमीत भएका छन् । बिमितहरू मध्ये ५ लाख २४ हजार ३ सय ८ पुरुष, ५ लाख ६७ हजार ३ सय १३ महिला, लैंगिक अल्पसंख्यक समुदायका १ सय १८ जना समावेश भएको स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख जनकबहादुर साउदले बताउनु भयो ।

स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख जनकबहादुरले कुल जनसंख्याको २१दशमलब ३३ प्रतिशतमात्र लुम्बिनीमा बिमीत भएको बताउनु भयो । उहाँले बीमामा समस्यै समस्या रहेको पनि बताउनु भयो । के के अभाब रहेको छ भन्ने प्रश्नमा उहाँले कम जनशक्तिले बीमा कार्यक्रमलाई कार्यान्वयन गर्नुपरेको बताउनु भयाे।

सरकारले स्थायी दरबन्दी कायम नगर्दा प्रदेश तहदेखि जिल्ला तहसम्मका कार्यालयका थोरै यो समस्या रहेको छ । त्यस्तै भौगोलिक बिकटता, सेवा प्रदायक संस्थाको कमी, प्रचार प्रशारको कमी, दर्ता अधिकारीको अभाव, आँखा अस्पतालबाट सेवा नपाउदा बिमीतको संख्या कमी भएको हुनसक्ने उहाँले बताउनु भयो।

स्वास्थ्य बीमा कार्यक्रमलाई अझै थप प्रभावकारी बनाउन स्थानीय सरकारले अपनत्व लिनु पर्ने, त्यसैगरी बीमाको उद्देश्य सरकारी स्वास्थ्य संस्थालाई सबल र सक्षम बनाउ सबै लाग्नुपर्ने उहाँकाे भनाइ छ । उहाँले सरकारी स्वास्थ्य संस्थालाई सक्षम बनाउँदै सरकारले समय समयमा अनुगमन, सेवाप्रदायक संस्थालाई समयमै रकम भुक्तानी गरेको खण्डमा निजी स्वास्थ्य संस्थाप्रति बिमितको आकर्षण शुन्यमा जाने अवस्था आउने बताउनु भयाे । यसका लागि तीनवटा तहका सरकारहरू बीच समन्वय हुन जरुरी रहेको उहाँकाे भनाइ छ । बीमा बोर्डले समयानुसार अनुगमन गरेको खण्डमा बिगतमा जस्तो बेथिति नहुने र थप प्रभावकारी बन्दै जाने साउदको भनाइ छ।

लुम्बिनी प्रदेशका कुन कुन ठाउँमा छ बीमाको सेवा ?

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल गरेर ५७ वटा स्वास्थ्य संस्था प्रथम उपचार केन्द्र कायम गरिएको छ । १ सय ९ वटा स्थानीय तह ४ वटा उपमहानगरपालिका, ९ सय ८३ वटा वडामा ९ सय ८३ जना दर्ता सहयोगीले रहेका छन् । लुम्बिनी प्रदेशका प्राथमिक उपचार केन्द्र २८, देवदहनगर अस्पताल रूपन्देही, आरसी थारु मेमोरियल नगर अस्पताल र ठाकुरबाबा नगर अस्पताल बर्दिया गरि ३ वटाबाट सेवासहित ९ वटा जिल्ला अस्पताल र बिमितहरूले मेडिकल कलेजसहित पाल्पाको युनाईटेड मिसन अस्पताललाई उपचार केन्द्र बिन्दु बनाएका थिए ।

बीमा गरेका बिमितहरूको स्वास्थ्य उपचार सम्बन्धी नियमन तथा अनुगमन गर्ने बीमा बोर्डको जिम्मेवारी भएपनि निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजहरूले मापदण्ड भन्दा बाहिर गएर बिमितको उपचार गर्दा सरकारलाई आर्थिक व्ययभार बढ्दै गएपछि बीमा बोर्डले ति दुई अस्पताललाई उक्त सेवामा प्रतिबन्ध लगाएको छ।

सरकारी स्वास्थ्य संस्थाहरूमा विशेषज्ञ सेवा उपलब्ध नहुनु राज्यले निःशुल्क गराउने औषधी समेत नहुनु, नाप जाँचका लागि अत्यावश्यक पर्ने यन्त्र तथा उपकरण नहुँदा बिमितहरू निजी तथा मेडिकल कलेज प्रति आकर्षित भएका छन् । स्वास्थ्य बीमा बोर्ड लुम्बिनीका प्रमुखले भने बीमा मार्फत प्लाष्टिक सर्जरी बाहेकका सबै रोगको उपचार हुने बताउनु भयो।

कुन जिल्लामा कति बिमीत

प्रदेश प्रमुख साउदका अनुसार आर्थिक वर्ष ०७३/०७४ मा पाल्पामा र सबैभन्दापछि आर्थिक वर्ष ०७७/०७८ मा रूपन्देहीमा बीमा कार्यक्रम लागू भएको थियो । कार्यक्रम लागु भएपछि पाल्पामा २ लाख ३६ हजार ७ सय १९ र रूपन्देहीमा १ लाख ६१ हजार २ सय ८१, बर्दियामा १ लाख २८ हजार ९ सय ७६, गुल्मीमा १ लाख ७ हजार २ सय ९६, कपिलबस्तुमा १ लाख ३ हजार ६ सय ९८, अर्घाखाँचीमा ८२ हजार १ सय ७, बाँकेमा ७० हजार ९ सय २९, प्यूठानमा ६३ हजार ८ सय ४५, दाङमा ४५ हजार १, नवलपरासी पश्चिमा ४४ हजार १ सय ६८ रोल्पामा ३८ हजार ९ सय १७ र सबैभन्दा कम रुकुम पूर्वमा ८ हजार ७ सय २ जना बिमित रहेको बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?