
भोजपुर । जिल्ला स्तरीय प्रतियोगिताहरू समेत कम भइरहेको अवस्थामा कोशी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा प्रदेशस्तरीय भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेशका पालिकाहरूले सहभागिता जनाउन पाउने गरी प्रतियोगिताको आयोजना हुने जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रदेशभरिका १३७ पालिकाले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा विजेता हुने टोलीले एक लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता हुने टोलीले एक लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, प्रतियोगितामा तेस्रो हुने टोलीले नगद ५० हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताअन्तर्गत उत्कृष्ट छ विधामा खेलाडीले पाँच हजार साथमा मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुद विकास कार्यालय भोजपुरका सचिव ग्याल्जेन शेर्पाले बताउनुभयो ।
आगामी माघ २४ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले जिल्लाको खेलकुद पर्यटनमा समेत मद्दत पुग्नेछ । ‘सुन्दर प्रकृति र स्वर्गरूपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कोशी प्रदेशभरिका पालिकाहरूले नगद दुई हजार पाँच सय तिरेर टोली दर्ता गर्न पाउने अध्यक्ष शेर्पाले बताउनुभयो ।
भलिबलका उत्कृष्ट खेलाडीहरू उत्पादन गरेको भोजपुरमा पछिल्लो समयमा कम हुँदै गएको प्रतियोगिताले खेलाडीहरूमा उत्साहसमेत हराएकाले प्रदेशस्तरीय प्रतियोगिता नै आयोजना गर्नुपर्ने आवश्यकता भएको समितिका उहाँको भनाइ छ । ‘खेलकुद क्षेत्रको विकासका लागि समितिले काम गरिरहेको छ, खेलकुद क्षेत्रका लागि परिचित जिल्लाका रूपमा भोजपुरलाई चिनाउने गरी काम गर्ने छौँ,’ अध्यक्ष शेर्पाले भन्नुभयो ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई पूर्ण सार्थकता दिनका लागि खेलकुद अपरिहार्य भएको जिल्ला खेलकुद विकास कार्यालयका सचिव शेर्पाले बताउनुभयो । खेल बिनामानिस अधुरो हुन्छ भने खेलले स्वस्थ्यलाई सुधार्ने काम गर्छ र मानिस पूर्णरूपमा स्वास्थ्य हुन्छ भन्ने कुरामा पनि हामीले ध्यान दिएका छौँ’, उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच