काठमाडौं । सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीयस्थल खप्तडमा छायांकन गरिएका तीन गीतका भिडियो सार्वजनिक भएका छन् । परराष्ट्र मन्त्री एनपी साउदले पर्यटन बोर्डमा मंगलबार आयोजित एक समारोहमा उक्त गीतका भिडियोहरू सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि साउदले सुदूरपश्चिमको पर्यटन प्रबद्र्धनका लागि सिर्जनशील शैली अपनाएको बताउनुभयो । उहाँले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन प्रबद्र्धनका लागि सघाउ पुग्ने जिकिर गर्नुभयो ।
‘दृष्यमा खप्तड, शृंखला-२’ अन्तर्गत समारोहमा शिव परियार र निता आचार्यको स्वरमा रहेको ‘जिन्दगी त सँगै जिउने हो’ सिडी विजय अधिकारी र निता आचार्यको स्वरमा रहेको ‘गरिदेऊ बिदा’ र सिडी विजय अधिकारी र अस्मिता अधिकारीको स्वरमा रहेको ‘मन्द मन्द’ बोलका तीन गीतका भिडिओ सार्वजनिक गरिएको थियो । ‘जिन्दगी त सँगै जिउने हो’ को शब्द र संगीत दुवै दीपक शर्माको, ‘गरिदेऊ बिदा’ को शब्द सागर बास्तोला र संगीत ऋषि खड्काको एवं ‘मन्द मन्द’ शब्द पद्मा लिंखा मगरको र संगीत राजकुमार बगरको छ ।
गीतका भिडियोमा पुरुष मोडलका रूपमा सनम कठायतले अभिनय गर्नुभएको छ भने महिला मोडलका रूपमा स्मारिका ढकाल र सोफी धरेलले साथ दिनुभएको छ । जनक सिंहको निर्देशन र सिनेमाटोग्राफी दीपक गिरी एण्ड टिमको रहेको भिडियोको सम्पादन विकास दाहाल र अमृत चापागाईंले गर्नुभएको छ ।
सुदूरपश्चिमका अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः यसैगरी देखाउँदै जानेगरी ‘दृष्यमा सुदूरपश्चिम’ अभियान घोषणा गरिएको छ । डकुमेन्ट्री, म्युजिक भिडिओ, फिल्मलगायत माध्यमबाट सुदूरपश्चिमको पर्यटन प्रबद्र्धन गरिने उक्त अभियानको नेतृत्व गरिरहनुभएका सनम कठायत र डिबी खड्काले बताउनुभयो । कार्यक्रममा पूर्वपर्यटन मन्त्री तथा संघीय सांसद प्रेम आले, सुदूरपश्चिम प्रदेश सदस्य शिवसिंह ओली, पूर्वसंविधानसभा अध्यक्ष भरत खड्का, बडिमालिका नगरपालिका प्रमुख अमर खड्का, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही, उद्योग वाणिज्य महासंघ कैलालीका उपाध्यक्ष पुष्कर ओझालगायतले उक्त अभियानलाई शुभकामना दिँदै आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच