काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) बीच लगानी अभिवृद्धि तथा दुई देशबीच व्यावसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार दुई संस्थाले दुई देशका उद्यमीबीच सम्पर्क बिन्दुका रूपमा कार्य गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्तालाई लगानीसम्बन्धी जानकारी दिने, पारस्परिक उद्देश्य पूरा गर्न नीतिगत सुधारको वकालतमा सहकार्य गर्ने, नेपालमा अमेरिकी लगानी बढाउन रणनीतिक गतिविधि सञ्चालन गर्नेछन् । बजारमा आधारित वित्तीय र गैरवित्तीय सेवामा पहुँच वृद्धि गर्दै आईटी क्षेत्रका लागि लगानी र व्यवसाय वातावरण सुधारमा काम गर्ने पनि समझदारीपत्रमा उल्लेख छ ।
सिएनआई सचिवालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । सिएनआई अध्यक्ष अग्रवालले सहकार्यले दुई देशलाई व्यवासायिक रूपमा जोड्न पुलका रूपमा काम गर्ने बताउनुभयो । ज्ञान सीप आदानप्रदान, नवप्रवर्तन तथा नयाँ सहकार्यका बाटो खुला गर्ने, विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न, विदेशी लगानी आकर्षित गर्न, औद्योगिक विकासका लागी योगदान गर्न मद्धत गर्ने उहाँको भनाइ थियो ।
एमच्यामका अध्यक्ष श्रेष्ठले उद्योगीको साझा संस्था सिएनआईसँगको सहकार्यले अमेरिकी लगानी अभिवृद्धि गर्दै मुलुकको अर्थतन्त्रको विकासका लागि प्रभावकारी रूपमा काम गर्ने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच