काठमाडौं । ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पूरा गरेका दुई सय ५३ कर्मचारीलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले कर्मचारीलाई सम्मान गर्नुभएको हो ।
अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताउनुभयो । बैंक स्थापनाको १७ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकमा अब्बल बनाउन सफल रहेको उहाँको भनाइ थियो । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीति परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको भन्दै अध्यक्ष ढकालले लक्ष्य प्राप्तिभन्दा मिहिनेत र लगनशीलतामा जोड दिन कर्मचारीलाई आग्रह गर्नुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंक आफ्नो सेवालाई नविनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अघि बढेको बताउनुभयो । बैंकका वरिष्ठ नायव प्रमुुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आगामी वर्ष ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले तीन सय ५५ शाखा, तीन सय ७९ एटीएम, दुई सय ७४ शाखारहित बैंकिङ, ६५ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच