काठमाडौं । सिटिजन्स बैंकको एकल ऋण लगानीमा १० मेगावाट सिद्धि खोला जलविद्युत आयोजना निर्माणका लागि ऋण सम्झौता भएको छ । कम्पनीले एकल ऋण लगानी गर्ने गरी इलाम जिल्लाको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा निर्माण हुने सिद्धि हाइड्रोपावर प्रवद्र्धक रहेको सिद्धि खोला जलविद्युत आयोजनामा लगानी गर्नेछ ।
वित्तीय व्यवस्थापनका लागि सम्झौतामा कम्पनीका प्रमुख-कन्र्सोटियमर इन्फ्रास्ट्रक्चर बैंकिङ युनिटका रोशन मल्ल र सिद्धि हाइड्रोपावरका प्रबन्ध सञ्चालक सन्तोषराज नेपालले हस्ताक्षर गर्नुभएको हो ।
आयोजनाको अनुमानित लागत करिब एक अर्ब ७३ करोड रहेको छ । जसमा बैंकले ७५ः२५ को ऋण स्वपुँजी अनुपातमा एक अर्ब २९ करोड ऋण लगानी गर्नेछ । निर्माण अवधिको ब्याजसहित बाँकी लागत प्रवद्र्धकबाट स्वपुँजी जुटाइने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच