म्याग्दीमा दुई जनाको हत्या प्रकरण, यस्तो छ घटना विवरण

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 2 mins

म्याग्दी । शनिवार म्याग्दीको मालिका गाउँपालिका–७, बिम बिमरबाङमा शनिबार ढुंगा र दाउरा प्रहारबाट दुई जनाको हत्या भएको छ ।

बिमवाङका टेकप्रसाद रोकाले दाउरा र ढुंगाले हान्दा ८५ वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ वर्षीया नातिनी प्रियंका गर्बुजाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक अशोक झाले बताउनुभयो ।

अभियुक्त रोकाको मानसिक सन्तुलनमा समस्या भएको बताइएको छ ।“दुखद् घटना घटेको छ,अभियुक्तलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ”प्रहरी निरिक्षक झाँले भन्नुभयो । गम्भीर घाईते अमृता जुग्जाली र प्रियंका गर्बुजालाई हेलिकप्टरबाट थप उपचारका लागि मणिपाल अस्पतालमा लगिएको थियो । अभियुक्तले विहान करिब ८ बजे घरमा पुगेर अन्धाधुन्ध ढुंगा प्रहार गरेको बताइएको छ ।

अभियुक्त टेकबहादुरको घरबाट मृतकको घर करिब डेढ किलोमिटर टाढा पर्छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीको टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनीमा ल्याएको छ ।

बृद्ध मनिषालाई प्रहार भएको देखेर बचाउन गएको अवस्थामा अभियुक्तले अमृता र प्रियंकामाथि नै प्रहार गरेका थिए । यता गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले घटनाबाट सिंगो बिम स्तब्ध भएको बताउनुभयो । “बिम गाउँ नै शोकमा छ, घाईतेको उपचारमा कुनैपनि कमी हुन दिने छैनौं” अध्यक्ष गर्बुजाले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?