
काठमाडौं । चलचित्र ‘चिसो मान्छे’ नेपाली ओटीटी प्लेटफर्म ‘भिडियो पसल’मा रिलिज भएको छ । कोरोनाको समयमा सार्वजनिक भएकाले ‘चिसो मान्छे’ विदेशमा बस्ने धेरै दर्शक माझ नपुगेकाले ‘भिडियो पसल’मार्फत विदेशमा हेर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ । स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलरदेखि ५.९९ डलरसम्म विभिन्न प्याकेजमा चलचित्र हेर्न सकिन्छ ।
उपलब्ध चलचित्रहरू विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिनेछ । शर्मिला पाण्डेले निर्माण गरेको यो चलचित्रमा दीपेन्द्र के खनालको निर्देशन छ । चलचित्रमा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ । कर्णाली क्षेत्रको कथा भन्ने सिनेमाले मानिसमा देखिएको नैरश्यताको कथा प्रस्तुतगर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच