बिहीबार जन्मिएका व्यक्तिहरूको स्वभाव कस्तो हुन्छ ?

Read Time = 4 mins

काठमाडौं । हाम्रो समाज विभिन्न तिथि मितिमा जन्मिएका मानिसको त्यसैअनुसार भाग्य पनि हुन्छ भन्ने मान्यता छ । यसैले मानिसहरू आफ्नो जन्म मिति तथा बारको आधारमा भविष्यवाणीको खोजी गरिरहेका हुन्छन् । वास्तवमै भन्ने हो भने जन्म बारले पनि मानिसको स्वभावलाई निर्धारण गर्दछ । मानिसको जन्म बारले उसको स्वभाव कस्तो हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ । ज्योतिषशास्त्रमा जन्म दिनको विशेष महत्व रहने गर्छ । जन्म दिनको स्वामी ग्रहकाअनुसार व्यक्तिको स्वभावबारे थाहा पाउन सकिन्छ । यसबाट व्यक्तिले जीवनको महत्वपूर्ण कुरा थाहा पाउन सक्छन् ।

ज्योतिषशास्त्रका अनुसार पनि मानिसको साल, महिना, गते, जन्म समय, तिथी, बार, योग, करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ । पौराणिक कालदेखि मान्दै आएको ज्योतिषशास्त्रका अनुसार मानिसमा गुणहरू देखा पर्ने बताएको छ ।

आउनोहोस्, बिहीबार जन्मिएको मानिसमा के कस्तो खुबी तथा स्वभाव हुन्छ जानी राखौँ ।

बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । यो वार जन्मिएका मानिस सफा, स्वच्छ विचारधारा, विश्वासिला र सन्तुष्ट स्वभावका हुन्छन् । तपाईं मानिसहरूलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरूका लागि आदर्श पनि हुनुहुन्छ ।

तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ । तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरू आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ । स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न । तपाईं चाँडै नै मानिसहरूलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।

बिहीबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरू प्रेम विवाह गर्छन् । उनीहरूको वैवाहिक जीवन सुखमय हुने गर्दछ । बिहीबार जन्मेका व्यक्तिहरू धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

बिहीबार जन्मिने बच्चा भाग्यमानी हुन्छन् । यस्ता व्यक्तिलाई मानसम्मान धेरै नै प्राप्त हुनेछ । यस्तै यो दिन जन्मिएकाले दोस्रो व्यक्तिमाथि गर्ने धेरै विश्वासबाट बच्नु पर्नेहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
1 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने